Posts

Showing posts from August, 2010

बुद्ध तिमी आऊ

Image
अशान्ति छ जताततै  बुद्ध शान्ती    छर्न   आऊ ! दुखेको यो नेपाल लाई मलम पट्टी गर्न आऊ !! किन होला आफ्नै बिच आफ्नोपन   छैन  यहाँ ! आफ्नै बिच रहेको यो बैरी भाव    हर्न   आऊ !! अझै पनि काटमार ह्त्या हिंशा    उस्तै   नै छ ! बिबेकहीन    मानवको    सतबुद्दी    भर्न    आऊ !! आज भोली   तिमीलाई   भारत लान्छु भन्छन ! हुन्न त्यस्तो बुद्ध हाम्रो    भागमा   पर्न  आऊ !! तिम्रै   नामले चीनीएका छौ   नेपाली   हौ   भनी ! मेची देखी महाकाली संगै    संगै   तर्न   आऊ !!

गजल

Image
एक्लोपना छायो हजूर आफन्त को अभाव भयो ! जीवन मेरो तातो झिरमा उनीएको कवाव भयो !!   देखेको थे मीठा सपना   उनी    संगै    कती   कती ! तर आज टूटयो सबै मात्र एउता  खवाव    भयो !! हारे मैले आफै संग   जितको    बाजी   राखे   पनि ! उनै ज्ञानी उनै महान उनकै ठुलो    रावफ   भयो !! कतै  पाईन आफन्तको   एक   मुट्ठी   माया  मैले  ! माया भन्ने चीज पनि अचेल मलाई मजाक भयो !! पीड़ा हरु प्रस्न गर्छन किन  तिमी    निराश   नवु ! खोई के बोल्ने दुनियामा पाखेली नाजवाफ भयो !! 

तीज बिशेष

Image
तीज आएरै मेरी उनले रातो सारी लाकी अ'रे ! थाली बोकी मन्दिरमा पूजा   गर्न गाकी अ'रे !! रातो  टिका    रातो   चुरा   रंगीएर  मेरी काली ! मेंरै लागी बर्त बसी पानी   नि   नखाकी अ'रे !! कस्तो होला माया    प्रीति   भन्ने   चीज   पनि ! यही बर्तको प्रभावले उसले मलाई पाकी अ'रे !! आज भोली पनि उस्तै    हामी    बिचको   प्रेम ! जुनी सम्म संगै हौ   भन्न मंदिर धाकी अ'रे !!

गजल

Image
पीड़ा बोकर मनमा   हासेकोछु     अचेल ! निरस भएर जीवन     बाचेकोछु अचेल !! खुसी छैन    कही मुटु   भित्र   घाऊ    छ ! मृत्यु  संग   माया      गासेकोछु   अचेल !! आँखा भरी उनको   याद आउछ     किन ! उनको तस्बीर मनमा टासेकोछु  अचेल !! कोही छैन  यहाँ    आफन्त   को    नाता ! भत्कीएको   आस्था   टासेकोछु  अचेल !! मानवता       भन्ने    चीज    छैन    यहाँ ! आफ्नै बस्ती मैले     माँसेकोछु   अचेल !!

गजल

Image
भ्रस्टचारी नेता   मिली ढाटनु    ढाटेउ    जनता    लाई ! मुला जस्तै ठानी तिमीले काटनु काटेउ जनता लाई !! भोका नांगा गरीव को    खून   पसीना    चुसी     चुसी !   मंशिर को धान सम्झी झाटनु    झाटेउ जनता लाई !! कुर्शी पाउने खेल खेल्यो    मानव      बलि      चडाएर ! बन्दुक र गोली संग    साटनु साटेउ        जनता लाई !! सधै भरी अगी लगाईं    ढाल    बनाई   निमुखा   को ! अचार सम्झी तिमी हरुले चाटनु चाटेउ  जनता लाई !!

गजल

हाम्रो देश    प्रचण्ड र  झलनाथ   को    पेवा  हैन ! मन लाग्दैमा ताछी खाने बजार को मेवा हैन !!  ख़बरदार   बाबुराम    रामचंद्र     माधव    खड्ग ! नेपाल हो बिदेसिको आशीर्वाद र    टेवा    हैन  !!  आत्मा  साक्षी राखी हेर नेपाली को पाप  लाग्ला ! देश हो यो मन लागी पौड़ी   खेल्ने   फेवा   हैन !! एकै भाषा    एकै    धर्मं   नेपाली    को   पहिचान !  कामी दमई सार्की मगर बाहुन छेत्री नेवा हैन !! भन्छौ होला    हामी  सबै   जनताका   सेवक  हौ ! यो     त    निरंकुशताहो   नेपालको   सेवा   हैन !!

मुक्तक

नेता हरु निमुखा यी जनता हरुलाई ढ़ाटन छोड़ ! तुइरे बनी बिदेशिको   पुच्छर   लाई  चाटन छोड़ !! कांचो मुला नठान है     जनताको    टाउको   लाई ! जनता लाई बोका बनाइ अब देखि काटन  छोड़ !!  

गजल

Image
सब ले बाड़ी चूड़ी खाने चाना हैन हाम्रो  देश ! भ्रस्ट हरुले जोख्ने  भर्ने   माना   हैन  हाम्रो देश !! नेपाली हौ नेपाल को   माया   गर्ने    देश  भक्त ! भतेरमाँ  बाड़ी खाने   खाना  हैन  हाम्रो     देश !! लालिगुरास     सयपत्री   सुनखरी  फुल्छ    यहाँ ! उत्सवमा रोजी लाउने नाना हैन   हाम्रो  देश !! नेपाल हो नेपाली हौ गोरखाली का संतान हौ ! अमेरिका भारत चाइना घाना हैन हाम्रो देश !! ख़बरदार छिमेकीहो गिद्दे नजर   नालाऊ यता ! यी डाका ले पकाएको खाना हैन  हाम्रो   देश !!

गजल

चिरीएको मुटु मेरो    फेरी   किन    चिर्नु   पर्यो ! बिर्सीएर गा की तिमी किन फेरी फिर्नु  पर्यो !!  घरी घरी आउदा जादा चोट झन बल्जिदिन्छ ! पिरिति को ऋण हो यो फेरी किन तिर्नु पर्यो !! सम्झनानै छैन भनी हिड़ने गर्छौ आज   भोली ! बिर्सीएको मान्छे लाई   फेरी   किन  पिर्नु  पर्यो !! यदी   माया   थियो   भने   मुटु  भरी    संगालेर ! मलाई छाडी अर्कै  संग किन उता  छिर्नु पर्यो !! तिमी धोकेबाज     रहेछौ  तेहि  भएर  दुनियामा !  तिम्रै कारण पखेली ले आफै संग गिर्नु पर्यो !!

पाँच हाइकु

Image
सभ्य समाज खराब नेता हरु देश नेपाल !          १ उ अन्धो मान्छे बनाईएका आँखा सुन्दर दृश !         २ सपना हरु सस्ता भए पछि त म बिउझीए !        ३ म रोए पछि खित्का छाड्नेहरू रोइ रा, छन् !      ४ रात को तारा खसेपछि जुनेली बिरामी परि !!        ५

(कविता) उ मानक्रुत मानव

Image
एउटा आकृति कालो ...सेतो दो छायामा ... मानव जस्तै लाग्ने तर ...फरक उ मानव तर अलि पृथक कहिले रुन्छ कहिले कराउछ कहिले आतिन्छ आफ्नो परिचय खोज्दै उ आहत छ उशमा अलिकत्ति आशा छैन तर पनि उ आसावादी छ उ आफ्नो अस्त्तित्यो खोज्दै छ आफ्नो भरिएको प्राण मा लादिएको मस्तिस्क मा उ निस्पाप छ ..पाप रहित तर पनि उ बन्दि छ बिना तारको जन्जिरमा ... उ मानव बाट सृजियको मानव भयानकता बाट निर्मित बस्तु उ चल भयर पनि अचल छ तरल भयर पनि ठोश छ उ तेज भयर पनि निस्तेज छ उशमा चेतना छ तथापी उ अचेत मनको भाषा बोल्छ उ रुप नभयको स्वोरूप उ भाषा बिनाको बोलि उ किस्सा बिनाको कथा उ करुण अनि बिस्मयावादी उ मानक्रुत मानव उ माथि लादिएको बैभव लाग्छ आज पनि उस्लाई हिटलर ले यहुदी बनाउदैछ उ निरिह ...आफ्नो पन बिहिन एउटा स्टाचु जस्तै उ मानक्रुत मानव !!!

गजल

Image
हाम्रो    माया       साउनको    उर्लियको    भेल    रै'छ ! यस्तो लाग्यो माया प्रिती भन्नु पनि खेल रैछ !! हुरी जस्तै उडाइ    लाने     भुमरीमा      रम्नु     पर्ने ! मिलन हैन पिरती त ठुलो जाल      झेल    रै ' छ !! चोखो माया भन्नु मात्र माया भन्नु झुटको खेति ! मन मुटु लाइ कैदी पर्ने प्रेम त ठुलो जेल रै 'छ !! बिस्वाश का बस्ति हरु   बिवासताले   उजाड भयो ! संसार मै    पिरतियो     मेल    हैन    बिमेल    रै 'छ !!

गजल

Image
जीवन मेरो आजभोली एकादेश को किस्सा भयो ! सरिर मात्र सालिक झैँ बाँकि उनकै हिस्सा भयो !! थाहा छैन छाती भित्र ढुक ढुकी नि छ कि छैन ! छुयो कि त फुटी जाने जीवन मेरो सिसा भयो !! बाहिर देख्दा हाई हाई भित्र     भित्रै       जलीसके ! दुनिया को नजरमा बदनामी को खिस्सा भयो !! योवन ले आदि बैस बाँकि नै छ भने        पनि ! उमेर ले जिस्क्यायर भन्छ     जीजीबीषा  भयो !!

गजल

Image
गाउँ एउटै ठाउँ   एउटै      तर्ने        खोलि     फरक     फरक ! देश एउटै भेस एउटै    बोल्ने      बोलि      फरक      फरक !! आफन्त झैँ माया       मोह       संगालेर       राखौ       साथी ! भोलि हामी जानु पर्छ हाम्रो     टोलि       फरक       फरक !! तराई पहाड हिमाल मधेश   नेपाली     को      घर      साथी ! रिति रिवाज उस्तै उस्तै   तर     डोली      फरक      फरक !! चन्द्र सुर्य       झन्डा       हाम्रो         लालिगुरास     पहिचान ! हामीले लाउने दौरा सुरुवाल अनि ...चोली फरक फरक !!

गजल

Image
तिमीलाई देखे माया बस्यो अनि मैले   गजल लेखे ! तिम्रै दिल मा मुटु फस्यो अनि मैले    गजल लेखे !! बोलि तिम्रो रदिफ भो     काफिया   ति    दुइ    आँखा ! त्यो नयन ले डस्नु डस्यो   अनि   मैले गजल लेखे !! चाल तिम्रा सब्द     भए     शेयर    भयो    लाली    रुप ! पिरती ले पाता कस्यो अनि मैले      गजल      लेखे !! मतला भो हसाइ त्यो मिठो       बोलि      सुर     भयो ! खुसि बढ्यो आँशु खस्यो अनि   मैले    गजल    लेखे !!

गजल

Image
लेख्दा लेख्दै हिजो आज मेरो    हातै    गजल    भयो ! साथी भाई संग गर्ने     मेरो     बातै     गजल     भयो !! जहाँ जौऊ उतै तिर      पिरती     को      हावा    चल्छ ! बगैचा मा फुल्ने फुल अनि    पातै     गजल     भयो !! मोहनी त्यो मुस्कान ले छाती   भित्र     डसे       पछी ! सोमरश हैन प्रित को मिठो   मातै     गजल     भयो !! जता ततै किन होला शायेर हरुको    भिड      अचेल ! आज भोली मैले खाने दाल    भातै     गजल     भयो !! सबै भनछन आज भोलि त त    गजलकार     भइस ! त्यसैले ल त लाग्छ अचेल मेरो जातै गजल भयो !! See More

गजल

Image
पिडा बोकी    बाच्ने    बानी    भा   छ अचेल ! जिन्दिगीनै पानी   पानी    भा    छ    अचेल !! चोट हरु दुखेर   मुटु   पोल्छ    हिजो    आज ! पाखेली बेदना को   खानी   भा   छ    अचेल !! साढेसात   चल्याछरे    दशा    बिग्रीएर    मेरो ! सधै भरि   मेरो    हानी      भा     छ    अचेल !! उनि मोज गर्छिन   अचेल मेरै   आखा अगी ! उनकै मात्र मनो    मानी    भा    छ    अचेल !!

गजल

शब्द भित्र उने    पछी     मेरी   शीला   गजल   भइन् ! संगीत ले धुने पछी मेरी    शीला    गजल     भइन् !! रुप उनको शेयर भयो     गाइ      रहू     लागि    रयो ! सुर ताल मा बुने पछी मेरी शीला गजल   भइन् !! ढुकढुकी मा रदिफ भइन् छाती   भित्र     धड्किएर ! शायर हरु ले सुने पछी मेरी शीला गजल भइन् !! उनकै    चर्चा    चलीरयो       गुनगुनाउदै     आजभोली ! ओठ भित्र थुने पछी   मेरी    शी ला    गजल    भइन् !!

गजल

Image
उनले बिस्वाशघात गरिन हाम्रो कुरा छिने       पछि ! यस्तो व्यहवार गर्न थालिन मेरो साथी चिने पछि !! म त सधै पैदल यात्री उनि आउँन दिक्क मान्थिन ! मा संग को नाता टुट्यो उसले बाईक किने पछि !! पैसा हुदा मात्र रैछ माया      प्रिती      भन्नु      पनि ! पत्त्याउन छाड्दारैछन बेरोजगारी भै हिने       पछि !! के लाउनु र यस्तो माया     जुनी      भरि     रुनलाई ! चोखो निश्छल पिरती लाई उनले अचार पिने पछि !!

गजल

युद्ध थियो वर्षासँग तर श्रवण हारिदियो जुनी जुनी रुने अंश मेरै भागमा पारिदियो ।। विश्वाशका वाँधहरुले नहर बनाए थेँ भत्काएर नहरको जगै नाश पारी दियो ।। कोमलता भन्ने भाव कहाँ देख्न पाइन्छ र मनभित्रको उत्साहलाई  तिर हानी मारी दियो ।। निष्ठुरीको काल पनि किन हेर्दै रुवाइमा पिडा माथी अझ पिडा कस्तो रोग सारिदियो ।। हरे दैव ! रुँदै बाँचौ पिडा वोकी कतिञ्जेल विश्वाश र आस्था हरु सबै सबै हारिदियो ।।