Posts

Showing posts from January, 2011

म त शीत बादलको (गीत)

Image
म त शीत बादलको फूलमा अनि  पातमा  झरे ! जून  सगै   लाहाडिदै  जुनेलीको  रातमा  झरे !! बताससंगै लुकामारी खेल्न मन लाग्छ अचेल ! हराउदै  बसन्तमा  डुल्न  मन  लाग्छ  अचेल !! आँचल ओंढी पाहाड्को चिसो चिसो सिरेटोमा ! तिमी संगै  रमाउदै  बोल्न  मन लाग्छ अचेल !!  म त माया गर्ने मान्छे मायालुकै जातमा झरे ! जून  सगै  लाहाडिदै  जुनेलीको  रातमा  झरे !! खोकिलामा तिम्रो तस्बीर सजाएर  राखेकोछु  ! कोपिलाझै  तिम्रो  माया   बचाएर   राखेकोछु !! चुमेकोछु   पलपल  सुन्दर  तिम्रो   आकृतियो ! तिमीलाई     हृदयमा    लुकाएर     राखेकोछु !! तिमीलेचुम्यौ औलाहरु अनी तिम्रो हातमा झरे ! जून  सगै  लाहाडिदै  जुनेलीको  रातमा   झरे !!

कोशी पारी माया लाउछु (गीत)

Image
कोशी पारी माया लाउछु भन्दै तिमी आयौ !  बुढासुब्बा गई तिमीले कसम  पनि  खायौ !! तर आज बिर्स भन्छौ हाम्रो चोखो प्रीत ..... किन खेल्यो तिमीले मेरो मन मुटु सित ??? तिमी मेरी सयपत्री र सूनगावा  हौ भन्थेउ ! दंतकाली साक्षीभयो भन्दै कसम खान्थेउ !! जे जे भयो सबै तिमी भूल भन्छौ आज ..... कसोगरी बाच्नु  मैले  दुनियाको  माझ ???  दिलमा बस तिमिमेरी दिलमाया हौ भन्थेउ ! चिठ्ठी भित्र चाडै भेट्ने  कुरा  लेखी  रन्थेउ !! तर आज  किन  तिम्रो  बदलीएको  मन..... कसको लागी बाच्नु मैले तिमिलेनै भन ???

मिठो मातै गजल भयो

Image
लेख्दा लेख्दै हिजो आज मेरो हातै गजल भयो ! साथी भाई  संग  गर्ने  मेरो  बातै  गजल  भयो !! जहाँ  जौऊ  उतै  तिर  पिरती  को  हावा  चल्छ ! बगैचा मा फुल्ने फुल अनि  पातै  गजल  भयो !! मोहनी त्यो मुस्कान ले  छाती  भित्र डसे  पछी ! सोमरश हैन प्रित को मिठो मातै  गजल  भयो !! जता ततै किन होला शायेर हरुको भिड अचेल ! आज भोली मैले खाने दाल भातै  गजल  भयो !!   सबै भन्छन आज भोलि त त ... गजलकार भइस ! त्यसैले ल त लाग्छ अचेल मेरो जातै गजल भयो !!  

फरक फरक ( गजल )

Image
गाउँ एउटै ठाउँ एउटै  तर्ने   खोलि   फरक      फरक ! देश एउटै भेस एउटै बोल्ने बोलि     फरक    फरक !! आफन्त झैँ माया   मोह    संगालेर    राखौ   साथी ! भोलि हामी जानु पर्छ हाम्रो टोलि   फरक   फरक !! तराई पहाड हिमाल मधेश  नेपाली   को घर साथी ! रिति रिवाज उस्तै उस्तै तर डोली   फरक   फरक !! चन्द्र सुर्य    झन्डा   हाम्रो    लालिगुरास  पहिचान ! हामीले लाउने दौरा सुरुवाल अनि चोली फरक फरक !!

म त बेहोश बेहोश भए (गीत)

Image
म त बेहोश  बेहोश  भए तिमी लाइ सम्झी  रहे एतै  कतै  छौकी  भनी  तिमीलाई   खोजी  रहे  मूर्छित म  तिम्रो  यादमा  तिम्रै  फोटो  चुमीरहे घरीघरी भक्कानिदै  तिमीलाई भुल्न खोजीरहे दुखी रह्यो छाती भीत्र  अतीत यो सम्झानाको  घोची  रह्यो  मुटु  भीत्र  तिर  बनि  कल्पनाको  पागल   झै   तिमिलाइ  जताततै    सोधी   रहे मूर्छित म तिम्रो  यादमा  तिम्रै   फोटो  चुमीरहे घरीघरी भक्कानिदै तिमीलाई भुल्न  खोजीरहे बल्झी  रह्यो घाऊ  फेरी  चर्किएको  ऐना  सरी भाग्यखोटो रै'छ भनी मनबूझाउन खोज्छु फेरी तिमीलाई देखि सपनीमा  मेरा  आँखा  रोइ रहे मूर्छित म तिम्रो यादमा  तिम्रै   फोटो   चुमीरहे घरीघरी भक्कानिदै तिमीलाई  भुल्न  खोजीरहे (५ माघ २०६७ ......पाखेली ....)

भमराझै नाचू जस्तो (गीत)

Image
भमराझै   नाचू  जस्तो  फूल  संगै  हासूं  जस्तो कस्तो चंचल भयो मन................................ बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..) तिमी आयौ बतास सरी मेरो मनको दैलो खोली गढ़ीरह्यो मुटु भित्र तिमीले बोल्ने  मिठो  बोली यतै  कतै साँचु जस्तो  तिमी  संगै  बाचु  जस्तो कस्तो चंचल भयो मन................................ बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..) जुनेलीको   जून   बनी    पिरतीको    धुन    बनी तिमी   बग्यौ   मै   भित्र   अजम्बरी   खुन   बनी हिमाल माथि चढ़ाऊ जस्तो संगै अगी बढौ जस्तो कस्तो चंचल भयो मन................................ बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..) दुई मुटु एक  धड़कन  लाग्छ  मलाई  स्वर्ग  सरी तिम्रै आस्था  विस्वास ले  अगाल्छहै   घरी  घरी बैशालुयो मात कस्तो दिलमै तस्बीर टासु जस्तो कस्तो चंचल भयो मन................................ बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..) मेरो   हेर्ने   ऐना   बने   तिम्रा   ती   दुई   आँखा तिमी मेरो हिमाल पहाड़ तिमिनै हौ  भीर  पाखा  ख़ुशीको भाषा कस्तो  गीत  बनाई  गाउ  जस्तो  कस्तो चंच

गजल

Image
मुटु भरी हामी सबले देशको माया  भर्नु   पर्छ !  आई परे हामी सबले देशको निम्ति मर्नु पर्छ !! स्वाधीनता हाम्रो निम्ति  चन्द्र   सूर्य   झण्डा ! मातृभूमि जोगाउन  हामी   अगी  सर्नु   पर्छ !! आइलागे हामी  पनि  जाइलाग्नु  पर्छ  साथी ! तस्तै  परे  मेची  अनी  महाकाली  तर्नु  पर्छ !! नेता जती भ्रस्ट भए आफ्नै निम्ति मात्र  लड़े ! देशको निम्ति हामीलेनै अब कही  गर्नु  पर्छ !! चलखेल गर्ने मैदान  हैन  प्यारो   हाम्रो  देश ! चारैतिर उन्नतिको बिऊ हामीले   छर्नु  पर्छ !!

गजल

Image
जिन्दावाद मुर्दावाद नारा मात्रै हो ! नेपालीको यो  त  पारा  मात्रै  हो !! समानता भन्छ तर विभेद छ यहाँ ! नेपालीले हेर्ने  त  तारा  मात्रै  हो !! देखाउछ्न अनी आफैले खान्छ्न ! नेपालीले पाउने त चारा मात्रै हो !! राजनीति यिनको ब्यापारहो साथी ! हुन्छ भन्नु यो त झारा मात्रै हो !!

हेर्दा हेर्दै

Image
हेर्दा  हेर्दै  कान्छी  नानी  बैश  उर्ली  आयो ! जवानीलाई कान्छी नानी खडेरीले खायो !! जता पानी उतै तिर तिर्खा धाउछ भन्छन ! जीवनमा एक पटक बैश आउछ  भन्छन !! पानी मिठो मुलको भन्छन तिर्खा लागे खानी तिमी मेरी सानी कान्छी  दुई आँखाका नानी.... पीपल पाते ओंठ तिम्रो गाजलुती आँखा ! बारुली छ कम्बर त्यो सुरिलो छ भाका !! मोती दन्त खोली तिमीले हास्ने राम्रो बानी  मन मिलेसी  किन  फेरी  गर्छौ  आनाकानी.... फूल राम्रो गुराश भन्छन जोवन राम्रो लाली ! डोली लीइ आउला लिन तिमीलाई एसपाली !! बनाएर राख्छु  तिमीलाई  हिर्दय  की  रानी  पाईदैन माया  लाउन  मान्छे  छानी  छानी....

प्यारो कलम (बाल कविता)

Image
मेरो सुख  मेरो  दुख  लेख्ने  मेरो  प्यारो  कलम ! शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !! कहिले लेख्छ गीत गजल  कविता र  कथा  हरु ! मसी संगै  साटी  दिन्छ  जीवनका  ब्यथा  हरु !! असत्यको सधै बाटो  छेक्ने मेरो  प्यारो  कलम ! शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !! कहिले हास्छ  उमंगमा कहिले  रुन्छ  बेदनामा !  रुपान्तरण  हुन्छ  आफु  लेखकको  चाहानामा !! आफन्त  झै सबैलाइ  देख्ने मेरो  प्यारो  कलम ! शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !! टासिएर  मायालु  झै  छाती  माथि बस्छु  भन्छ ! माया गर्ने मानिस को  खल्ती भित्र  पस्छु भन्छ !! सधै प्रगति को पाइला टेक्ने  मेरो  प्यारो  कलम ! शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !!

कोसी पारी (गीत)

Image
कोसी   पारीको  सुन्दर  गाउँमा    पिरती   ला'को    छु ! तिमीलाई भेट्न ए मेरी  प्रिय   म   आउने   भा'को   छु !! पोहोरको साल म आ'को थिए कोशी को   बाध   फुट्यो ! तिमीलाई भेटने त्यो सालको सपना बाढ़ी मा नै  टूटयो !! यो साल त प्रिय म आउछु आउछु यो  मेरो   बाचा   भो ! म तिम्रो निम्ती धुप बत्ती बाल्न देविथान   धा'को  छु !! सूनगावा   जस्ती   सयपत्री   जस्ती   जुनेली   उजेली ! दिलमाया मेरी  यो   दिलमा    बस्ने   पहेली   पातली !! उस्तै पो छ  की  गालाको  कोठी  डंडीफोर  बड्यो  की ! धपक्क बल्ने त्यो  लाली  रुपमा  बैश  पो  चड्यो  की !! आएन   भनी    यो   निस्ठुरी   ले    बिर्सियो     नभन ! मेरो  पनि  त  उही हाल  भा'छ    मन   छामी   हेरन !! अव   त  प्रिय  दुई  मुटु  हाम्रो  एक   हुने   भा'को   छ ! चखेवा  जस्तो  हाम्रो   जोड़ीलाई  दैव   ले   जुरा'  छ !! स्वर/संगीत  : एटीआर लिम्बू रचना : नवराज पोखरेल "पाखेली"  

गजल

Image
दोबाटोमा    कुराउने    जाली    मायालु !  रूपकी राम्री तर दिलकी काली मायालु !! परेलीमा थूनी राख्छु भन्दै कसम खाने ! तर गयौ मनमा अर्कै    हाली  मायालु !! बिहे गर्नु पर्छ मेरो घरमा आउनु भन्थेउ ! पर्खेकीछु  भन्थेउ  बत्ती  बाली  मायालु !! तिमीले छाडी गएपछि म त पागल भा'छु ! दुनिया   ले  बजाउछ्न   ताली   मायालु !! हुर्कदैथ्यो तिम्रो पेटमा हामी दुईको नासो ! तर तिमी गयौ त्यसलाइ फाली  मायालु !! कती धेरै माया गर्थे   आफुलाइनै   बिर्सी ! भन्थे तिमी फूल  म  त  माली   मायालु !! मलाई धोका दिइ तिमी खुसी मनाईराख ! एक दिन आउछ मेरो पनि पाली मायालु !!

गीत

Image
नफुलेकै  राम्रो  तिमी  बनमाराको  बिचमा  सानु ! नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !! घोची दिन्छ्न कडेतारले पीड़ा दिन्छ्न  घरी  घरी ! मन भित्र   घाऊ  बोकी  बाच्नु  पर्छ    जुनी  भरी !! नगएकै राम्रो  तिमी  फेवा राराको  बिचमा  सानु ! नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !! आँखा अगी फूल दिन्छ्न पछि पछि छुरा धस्छ्न ! निस्ठुरी भै बेहिमानी भै पापी हरु दिलमा बस्छन !! नउदाकै  राम्रो  तिमी  जुनताराको  बिचमा  सानु ! नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !! थाहां छैन  तिमीलाई   यहाँ    कती   घात   हुन्छ ! जसले गर्छ घात यहाँ  उसकै  ठुलो   बात    हुन्छ !! नभरेकै पानी  मिठो  सुनधाराको  बिचमा  सानु !! नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !! (पाखेली ......पौष १९ २०६७ )