प्यारो कलम (बाल कविता)

मेरो सुख  मेरो  दुख  लेख्ने  मेरो  प्यारो  कलम !
शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !!

कहिले लेख्छ गीत गजल  कविता र  कथा  हरु !
मसी संगै  साटी  दिन्छ  जीवनका  ब्यथा  हरु !!
असत्यको सधै बाटो  छेक्ने मेरो  प्यारो  कलम !
शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !!

कहिले हास्छ  उमंगमा कहिले  रुन्छ  बेदनामा ! 
रुपान्तरण  हुन्छ  आफु  लेखकको  चाहानामा !!
आफन्त  झै सबैलाइ  देख्ने मेरो  प्यारो  कलम !
शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !!

टासिएर  मायालु  झै  छाती  माथि बस्छु  भन्छ !
माया गर्ने मानिस को  खल्ती भित्र  पस्छु भन्छ !!
सधै प्रगति को पाइला टेक्ने  मेरो  प्यारो  कलम !
शव्द हरुलाई अक्षरमा पोख्ने मेरो प्यारो कलम !!



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई