Posts

Showing posts from June, 2011

रोपाइँ गर्न जानी !!

Image
डोको माथि बिउ बोकी कता हो नि नानि ? पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !! घुम ओढी साथि संगी जानु पर्छ मेला यही  त होनी धानको बाला झुलाउने बेला किसान लाइ अमृत हो रे असारको पानी पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !!   सम्याएर गरा गरा भरौला नी माटो हराभरा बनाउलानी भित्तो अनि पाटो चिरबिर चिबे गाउछ गाउछे मैना रानी   पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !! काफल पाक्यो कुहु कुहु असारका गीत बेठी लगाई नाच्न मनछ साइली तिमी सित निको लाग्छ मुस्कुराउदै बोल्ने तिम्रो बानि पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !! ("नवशिला" को संग्रह संगालो बाट)

धान रोपाइको बेला

Image
बाउसे बनि आउला सानु धान रोपाइको  बेला घुम्न जाउला रोपाइँ सकी माइबेनिको मेला हलगोरु फुर्के माले एक बिहानको मेलो बेठी लगाई गरौला है   हामि हिलो खेलो जेठी माइली ठुले साने सबै हुनु भेला बाउसे बनि आउला सानु धान रोपाइको  बेला धान रोप्दै डिलमा बसी दहि चिउरा खाउला तिमि नाच्नु म चाहि मिठो असारे गीत गाउला मुठी रोपी मानो फलाऊ उठे उठोस् ठेला बाउसे बनि आउला सानु धान रोपाइको  बेला ("नवशिला"  को संग्रह संगालो बाट)

मेरो जीवन मेरो कथा

म गाउले परिभेषमा हुर्केको एउटा निम्न बर्गीय परिवार को जेठो सन्तान ! मेरो बाल्यकाल एउटा ग्रामिण  परिभेषमानै गुज्रियो ! मेरो पिता किसानी अनि माता पनि किसान संगै एउटी कुसल गृहेनी अनि ममतामयी आमा पनि ! मेरो जन्म अनि कर्म थलो पुर्बी नेपालको मोरंग जिल्ला को हरैचा ( सिमलड़ाड़ा) हो ! मेरो परिवारमा पिताजी माताजी हजुरआमा भाई बहिनी अनि म गरि ६ जनाको परिवार थियो /छ ! मेरो बाल्यकाल को स्कुल महेन्द्र प्रथामिक बिधालय इन्द्रपुर मोरंग अनि बाकि सुकुना स्कुल बाट आइए त्यसपछी राजधानी ! म सानै देखि साहित्य र संगीतको सौखिन थिए म रेडियो खुब सुन्थे अनि लेख्थे पनि ! मेरो परिवार संग  धेरै सम्पति नभएपनि हामीलाई खासै दुख को महसुस हुन् दिइएन तर पनि गाउमा गाइ भैसी हेर्ने घास काट्ने तथा खेत बारीमा भने काम गरिन्थ्यो ! मैले ८ कक्षामा पढदा देखिनै मेरो पिताजी लाइ खेतीको काममा सघाएको हु ! मैले हलो जोते, धान रोपे, बिउ बोके.. लगभग राजधानी न आउन्जेल सम्म मैले मेरो पिताजी लाइ काममा पूर्ण रुपले सघाए ! निम्न बर्गको परिवार खासै चैन संग रमाउने खालको हुदैन अनि टिन क सन्तानले भने जस्तो काम गर्न पनि पाउदैनन मेरो पनि केहि हद सम्म जी

छाडी गयौनी (गीत)

Image
छाडी गयौनी तिमीले मलाइ एक्लै पारेर गयौनी गयौनि गयौनी गयौनी छोडी मलाइ अर्कैकि भयौनी ज्यान लाइ भएन अब त सन्च मर्नु न बाच्नु भयो जीवन त भोक निन्द्रा केहि छैन यो मन मेरो भा छ बेचैन यस्तो लाग्न थाल्यो जीवन टुक्रा टुक्रा भा'को ऐना यादमा म तडपिरहन्छु  तिम्रो तस्बिर कोरी रहन्छु पागल जस्तै यताउता तिमीलाई म खोजि रहन्छु ज्यान लाइ भएन अब त सन्च मर्नु न बाच्नु भयो जीवन त उजाड उजाड लाग्छ मौसम आँखा भित्र खुशी छैन भकानिन्छ छाती मेरो ब्यथा पोख्ने काख पाइन तिमीले छाडी गए देखि   जीवन निरस भए देखी जिउदो लाशझैँ जिएको छु तिमीले धोका दिए पछी ज्यान लाइ भएन अब त सन्च मर्नु न बाच्नु भयो जीवन त बर्बराउछु निन्द्रामा नि तिमीलाई सम्झीरन्छु  कस्तो धोका दियौ तिमीले टोलाउछु कल्पिरन्छु दुनिया माझ एक्लो भाछु बेसाहारा बाचेको छु आफन्तको अभावमा  पिल्सिएर बाचेको छु   ज्यान लाइ भएन अब त सन्च मर्नु न बाच्नु भयो जीवन त

हल्ला चलेछ (गीत)

Image
केटी: तिम्रो मेरो प्रेम को गाउघरमा हल्ला चलेछ छुटाउनु पर्छ भनि कसै बीच सल्लाह चलेछ केटा :यस्तै भन्छ दुनियाले मन को भाषा कहाँ बुझ्छर ? साँचो माया गर्ने हरुको चोखो प्रित कहा झुक्छर ? केटी: कसो गरि जिउने होला पिरतीमा तिर हान्छन सम्बन्ध  यो टुटाउन आफन्तले पिर दिन्छन हाम्रो माया दुस्मनको नजरमा खाल भएछ टुटाउन यो सम्बन्धनै रचिएको छाल रहेछ केटा: स्वार्थी छन् सबै यहा जाल झेलको कुरा हुन्छ देखावटी माया मात्र मनमा धारे छुरा हुन्छ दिलको पूजा गर्ने हरुलाई हाम्रो माया फुल भएछ पिरतीमा डस्ने हरुलाई हाम्रो माया सुल भएछ केटी: सबै बात घात हुन्छ साथ् पाउन गारो भयो चोको माया जोगाउन हामीलाई सारो भयो हाम्रो माया आज भोलि विरहको कथा भएछ जुनी भरि दुखि र ने मन भरि को ब्यथा भएछ केटा: बलिदान हो माया पनि लगाउदा दुख्छ सानु अमर अजर हाम्रो माया सजिलै कहाँ झुक्छ सानु कुरा काट्ने हरुका लागि हाम्रो माया चर्चा भएछ  बजारमा आज भोलि सबले पढ्ने पर्चा भएछ