छाडी गयौनी (गीत)

छाडी गयौनी तिमीले मलाइ एक्लै पारेर
गयौनी गयौनि गयौनी गयौनी
छोडी मलाइ अर्कैकि भयौनी

ज्यान लाइ भएन अब त सन्च
मर्नु न बाच्नु भयो जीवन त

भोक निन्द्रा केहि छैन यो मन मेरो भा छ बेचैन
यस्तो लाग्न थाल्यो जीवन टुक्रा टुक्रा भा'को ऐना
यादमा म तडपिरहन्छु 
तिम्रो तस्बिर कोरी रहन्छु
पागल जस्तै यताउता
तिमीलाई म खोजि रहन्छु

ज्यान लाइ भएन अब त सन्च
मर्नु न बाच्नु भयो जीवन त

उजाड उजाड लाग्छ मौसम आँखा भित्र खुशी छैन
भकानिन्छ छाती मेरो ब्यथा पोख्ने काख पाइन
तिमीले छाडी गए देखि  
जीवन निरस भए देखी
जिउदो लाशझैँ जिएको छु
तिमीले धोका दिए पछी

ज्यान लाइ भएन अब त सन्च
मर्नु न बाच्नु भयो जीवन त

बर्बराउछु निन्द्रामा नि तिमीलाई सम्झीरन्छु 
कस्तो धोका दियौ तिमीले टोलाउछु कल्पिरन्छु
दुनिया माझ एक्लो भाछु
बेसाहारा बाचेको छु
आफन्तको अभावमा 
पिल्सिएर बाचेको छु  

ज्यान लाइ भएन अब त सन्च
मर्नु न बाच्नु भयो जीवन त

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई