Posts

Showing posts from April, 2015

अचम्म लाग्छ

अचम्म लाग्छ देखेर देशको सत्ता शासन न सकिन्छ रुन लाइ न सकिन्छ हाँसन ।। वास्ता छैन कसैलाई हेर जजारकोटको न छ औसधी त्यहा न पेट भरि रासन ।।  सत्ता पक्ष मस्त छ भोज मोज गर्नु मै बिपक्षी को के कुरो लागि पर्छ नासन ।। गनाउने भा को छ यो गरिव को झुपडी महलमा त रातो दिन अत्तर को बासन ।। सबै लडाउने यहाँ सबै फुटाउने यहाँ छैन कोहि आटिलो सक्ने माला गाँसन ।। रुन्छ मन धरधरी दखेर हाल देशको लागेकाछन् लौ सबै काटन र मासन ।।   @ नवशिला ६ बैशाख २०७२ ,  मैतीदेवी परिसर