अचम्म लाग्छ

अचम्म लाग्छ देखेर देशको सत्ता शासन
न सकिन्छ रुन लाइ न सकिन्छ हाँसन ।।

वास्ता छैन कसैलाई हेर जजारकोटको
न छ औसधी त्यहा न पेट भरि रासन ।।

 सत्ता पक्ष मस्त छ भोज मोज गर्नु मै
बिपक्षी को के कुरो लागि पर्छ नासन ।।


गनाउने भा को छ यो गरिव को झुपडी
महलमा त रातो दिन अत्तर को बासन ।।

सबै लडाउने यहाँ सबै फुटाउने यहाँ
छैन कोहि आटिलो सक्ने माला गाँसन ।।

रुन्छ मन धरधरी दखेर हाल देशको
लागेकाछन् लौ सबै काटन र मासन ।।

 @ नवशिला ६ बैशाख २०७२ ,
 मैतीदेवी परिसर

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई