कविता (प्रश्न)
एका बिहानै छोरी ले प्रश्न गरिन
मामु कसरी जन्मिए ?
भनिसियोन प्लिज ! कसरी जन्मिए ?
आनन्द लाग्यो प्रश्न सुनेर
अनि जवाफ खोज्न थाले
छोरी तिमि जन्मदा
मलाइ प्रसव ब्यथा लागेको थियो
तिम्रो बाबा मेरो आडैमा बसेर
हाम्रो रहर को पिडालाइ
खुशीका आखाँ ले शेयर गर्दै हुनुहुन्थ्यो
हामी कति खुसी भा'का थियौ
ति सबै ब्यथा लाइ बिर्सेर -
तिमि जब मेरो पाठेघरमा
पलाउन थाल्यो
मलाइ बार बार बमिट हुन्थ्यो
तिम्रो बाबा मेरो निधार थामेर
घण्टौ बस्नु हुन्थ्यो मेरो नजिकमा
उहा आत्तिनु हुन्थ्यो भने भित्र भित्रै रम्थे
मन मनै भन्थे तिमि आउन्जेल
यो बमिट आइरहोस अनि तिम्रो बाबा सगै हुनुहोस -
तिमि पलाएको कुरा यकिन गर्न
मेरो ठुलो पेट माथी क्यामेरा घुमाइयो
अनि हेरियो तिम्रो लिङ जात
डाक्टर ले के चाहिएको भनेर सोध्दा
तिम्रो दादा लाइ देखाउदै तिम्रो बाबाले
एकै सासमा ......छोरी !
भनेको सम्झना ताजै मलाइ
जब तिमि छोरी हौ भन्ने यकिन भयो
हामी यति खुशी भयौ कि
जस्तो ...तिमिले यसपाली एक्जाम फस्ट भएर
पुरस्कार पाएर जति खुशी भएकि थियौ नि त्यस्तै -
धत ! तिमि बुझ्दिनौ यस्तो भाषा
जब तिमिले यि सब कुरा तिमिले भोली
पढने बिज्ञान किताव बाट बुझ्छौ नि
त्यसपछि सोध्दिनौ यो प्रश्न मलाइ
छोरी !
तिमि हाम्रो रहर ले जन्मिएकि हौ
तिमि रहर हौ हाम्रो
जस्तो तिमि रहरका सपना बुनेर
तिमि पढेको स्कुल टप गर्छु भन्छौ नि त्यस्तै
त्यहि भएर तिमि हाम्रा लागी हिट छौ...टप छौ -
तिमि लाइ कसरी बुझाउ
ठ्याक्कै बुझ्ने गरी कसरी भनौ
तिम्रो बाबा ले मेरो योनी मार्ग हुदै पठाएका
लाखौ क्रोमोजोन हरु मध्य
एक.... तिमि बनेर मेरो पाठेघरमा खुसुक्क बस्यौ
अनि तिमि छोरी बनेर
नौ महिना सम्म मेरो पेट को गुड मा रमाइरयौ
मलाइ याद आज जसरी गित बज्ने साथ
दुबै खुट्टा उ्चाल्दै उफ्रन्छौ
त्यसरी नै मेरो पेट भित्र हजारौ चोटी नाचेकि छौ -
मलाइ थाहा तिमिले
यि सब कुरा बुझ्न बाकि
तिमिले यि प्रश्न हरुको जवाफ तिमि
तरुनि हुदै जादा, तिम्रो शाररिक परिवर्तन सगै
आफैले पाउने छौ...जसरी मैले पाएकि थिए -
छोरी तिमिले.... जिवनको.... जगतको
अनि यो सृष्टीको चक्रक्रम लाइ बचाउनु
मैले जस्तै
आमा बनेर
छोरी बनेर
श्रीमती बनेर
बुहारी बनेर
हो यि चार नाता भित्र अनेकौ उपनाता हरु आउछन
ति सबैलाइ एउटा परिवार भित्रका
सदस्य बनाउनु पर्नेछ तिमिले ...मैले जस्तै -
छोरी तिम्रो प्रश्नका लागी
मैले खोजेका जवाफहरु
प्रयाप्त भए या भएनन मलाइ थाहा छैन
तर तिमिले जुन दिन यि सब कुरा हरु बुझ्ने छौ
अनि तिमिले आफुले आफैलाइ बाहेक
मलाइ फेरी प्रश्न गर्ने छैनौ।
@ नवशिला
१६ चैत्र २०७४ (गोदावारी, ललितपुर)


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई