Posts

Showing posts from July, 2011

म त हजुर कलमजीवी ! (गजल)

झुल्कीएर घामको लाली तिम्रो सिउदो चुम्छ अचेल  अल्झीएर तिम्रो माया खोकिलामा छुन्छ अचेल   चल्मलाउछ पलक झलक राग मिठो छरी छरी  टलपलाउछ मृद रश्मी त्यो नयनमा घरि घरि  चादनीको चमक धमक पोखीएर आचलमा तप्कीएर मुक्त मुग्ध तप्प तप्प पलपलमा जस्तो हुन्छ त्यस्तै देख्ने म त हजुर कलमजीवी !  सत्य कुरा मात्रै लेख्ने म त हजुर कलमजीवी !!   कलम मेरो तरवार हजुर मसी त्यसको पाइन ! शव्द भित्र पिडा देख्ने म त हजुर कलमजीवी !!    भ्रस्टचार र कुकार्यको सँधै भरि बिरोध गरी ! असत्यको बाटो छेक्ने म त हजुर कलमजीवी !!   सुचनाको हक अधिकार जनता सामु पुर्याएर ! खबरदारी गरी रेख्ने म त हजुर कलमजीवी !!    

बिर्सेउ सानु ? (गजल)

गाइ चराउदा मैले  भेट्न आ' को बिर्सेउ सानु ? माया गास्न देउरालीमा धा'को बिर्सेउ सानु ? लुकाछुपी खेली खेली हामिले दिन बिताउदा ! घरमा जादा बा'को कुटाइ खा'को बिर्सेउ सानु ? देउराली लाइ साची राखी देबी देउता भाकी ! मेरै नामको सिन्दुर पोते ला'को बिर्सेउ सानु ? तिमि र म एकान्तमा मिठा बात गरि गरि ! थाहै नपाइ कुन्नि के के भा'को बिर्सेउ सानु ?  थाहा नपाउदा  त्यस्तो कुरा तिमीले र मैले ! दुख पाउन अस्पतालमा गा'को बिर्सेउ सानु ? (नवाशिला बाट)

माया गरि गरि मार्यौ (गजल)

तिमीले माया गरि गरि मार्यौ ! पिडा दियौ घरि घरि मार्यौ !! तिमि सर्प रहेछौ बिषालु ! म मा बिष भरि भरि मार्यौ !! किन यस्तो गर्यौ बुझिन मैले  ! चोखो मन हरि हरि मार्यौ !! अगाल्दै मेरो दिलमाया भन्थेउ ! तिमिनै अघि सरि सरि मार्यौ !!  तिमि मेरो जिन्दगि भन्थेउ  ! मलाइ मन परि परि मार्यौ !! कसम खान्थेउ आधिखोलाको ! त्यहि खोला तरी तरी मार्यौ !! (असार १४, २०६२ नवशिला बाट )

जीवन झरेको फुल हो ! (गजल)

जीवन झरेको फुल हो ! जीवन टागेको झुल हो !! तार्न् तल्लिन यो सधैनै ,, जीवन झोलुंगे पुल हो !! प्यासी काकाकुल जस्तै ,, जीवन सुकेको मुल हो !! ब्यथै ब्यथामा बाचेको ,, जीवन पीडाको हुल हो !! संसारिक मोहमा रम्ने ,, जीवन त एउटा भुल हो !! (आजभोली जीवन संग सम्बद्ध रचना कोर्ने मुड बढेकोछ !!!)

कलकल जिन्दगी ! (गजल)

बग्छ निरन्तर कलकल जिन्दगी ! रम्छ आफैमा हरपल जिन्दगी  !! देखेर भोलिका मिठा ति सपना ! भाग्छ हरेक पलपल जिन्दगी !! नभेट्दा जीवनको त्यो किनारा ! बन्छ विषाक्त ढलपल जिन्दगी !! खोज्दै सुवाष भौतारिन्छ आफैमा ! निरन्तर निस्बोध चंचल जिन्दगी !! पिडा र अभाव मा बाच्छ सधैनै  ! हुन्न कहिलै यो मखमल जिन्दगी !! (नवशिला बाट )

रहर जिन्दगी

अन्जान अलमल रहर जिन्दगी ! बाच्दैछु विषाक्त शहर जिन्दगी !! बिमेल छ यो सधै आफन्त संग ! निसास्सिदैछ हर प्रहर जिन्दगी !! ओइलाउदैछ मनको जिजीबिषा ! कहालीलाग्दो छ कहर जिन्दगी !! छैन कुनै पुग्ने निश्चित किनारा ! बग्दो छ उधो यो नहर जिन्दगी !! शब्द शब्द मा उनिएको छ सधै ! काफिया रदिफ र बहर जिन्दगी !! आफै मा बाच्न पनि आजभोली ! भा'को छ अचेल जहर जिन्दगी !! (पाखेली को "नवशिला" बाट)

गजल (नवाशिला बाट )

मालपोत र भन्सार को जागिर मात्र खान्छु बाबा हिडेर त हैन पजेरो मा अफिस जान्छु बाबा !! मौका यहि हो हजुर अहिले मन्त्री हुनु भा'छ यसो कुरा मिलाएर सालो लाइ नि तान्छु बाबा !! कमिसन नदिनेलाई अन्तै सरुवा गरिहल्नुस एक दुइ बर्ष पार्टी खर्च यतै बाट धान्छु बाबा !! हजुरले यसो विदेश भ्रमण पनि मिलाउनुहोस श्रीमती र छोरो लाइ नि घुमाउन लान्छु बाबा !! हजुरको हातमा छ नि डाडु पुन्यु आजभोली दाया बाया मुख टाल्न दुइचार पेटी हान्छु बाबा !!

उनि छेत्री म चाहि बाहुन

उनि छेत्री म चाहि बाहुन हाम्रो बिहे भो त साथी ढाटेको कि तिम्रो पनि हाम्रो जस्तै हो त साथी ? सानो जात ठुलो जात दमाइ अनि कामी भन्छन भानिदेउन यस्तो बर्ग बनाउने चाहि को त साथी ? त्यति सारो भन्नु हुन्न तिनको पनि मन दुख्छ त्यस्तो सबै राणा सासन कालमा पो त साथी ! बाहिर भने राम राम भित्र किन छुरा धस्नु हेर्दा पनि कुचरित्र भएन र यो त साथी ?

गाउ तिरै बस्नु पर्छ

शहरमा मुखी हुनु हुनुहुन्न गाउ तिरै बस्नु पर्छ एकता को बिपुल फुक्न अब कम्मर कस्नु पर्छ !! हरा भरा पर्नु पर्छ डाडा पाखा पखेरा लाइ कुटो हसिया कोदालो लिइ गाउतिरै पस्नु पर्छ !! त्यहि फल्छ धान कोदो मकै अनि तिते फापर फलाउन सुन हामीले त्यहि घुडा धस्नु पर्छ !! राख्नु हुन्न बाझो कहिँ सम्याएर गरा गरा लेक बाट काम सकी चाडै बेसी खस्नु पर्छ !! (नवाशिला बाट )

गीत (बेहिमानिको झुटो कसम)

मुटु भित्र छुरा भयो बेहिमानिको झुटो कसम ! नाना थरी कुरा भयो बेहिमानिको झुटो कसम !! शिर माथि हात राखी बाचा कसम खाएपनि हातमा फुलको थालि बोकी मन्दिरमा धाएपनि आज धोका पुरा भयो बेहिमानिको झुटो कसम मुटु भित्र छुरा भयो बेहिमानिको झुटो कसम !! तिम्रै हु म भनिकन अंगालोमा बेरे पनि झुटको खेति गर्न लाइ जती शव्द केरे पनि आज काचको चुरा भयो बेहिमानिको झुटो कसम मुटु भित्र छुरा भयो बेहिमानिको झुटो कसम !! (नवशिला बाट)

फुलको पनि धार हुन्छ

फुलको पनि धार हुन्छ सुन्दा आज छक्क परे मेरै अगी उनले अरु चुन्दा आज छक्क  परे !! हिजो सम्म चिल्लो घसी मेरो हजुर भन्ने ले नै अर्कै संग माखे जालो  बुन्दा आज छक्क परे !! नहर बनाइ चोखो माया बगाउला भन्ने ले नै पिरतीको सङ्गलो मुहान थुन्दा आज छक्क परे !! तिमि संगै जिउछु मर्छु देउता मेरो  भन्ने ले नै बरमाला चाहि अर्कै लाइ उन्दा आज छक्क परे !! (मेरी शिला गजल भइन....बाट )

तिमि मौन छौ (गीत)

तिमि मौन छौ केहि बोल्दिनौ मुर्ति हौ कि शिला कहिले सम्म देखाउने तिम्रो मेरो प्रेम लिला बग्छ खोलि शिर बाट मनको तिम्रो नहरमा माया बस्यो दिलमा बस्यो कलिलैयो रहरमा तिमि मौन छौ केहि बोल्दिनौ मुर्ति हौ कि शिला कहिले सम्म देखाउने तिम्रो मेरो प्रेम लिला  तिम्रो माया मेरो माया अजम्बरी प्रित हुन्छ  जुनी जुनी सम्म पनि हाम्रो माया रहिरन्छ  तिमि मौन छौ केहि बोल्दिनौ मुर्ति हौ कि शिला कहिले सम्म देखाउने तिम्रो मेरो प्रेम लिला  (आज भन्दा १० वर्ष अगाडी लेखेको गीत आज भेटाए ) 

यहाँ धेरै गर्नु छ (गजल)

Image
अझै मैले मेरी आमा यहाँ धेरै गर्नु छ यो देशको लागि मैले एक चोटी मर्नु छ !! धनि अनि गरिबको माखे सांगलो हटाएर मेची अनि महाकाली अझै मैले तर्नु छ !! यो धर्ति लाइ हराभरा अझ सुन्दर पार्नलाई मैले आमा लेक बाट अझै   बेसी झर्नु  छ !! सुनगावा लालिगुरास अझ धेरै फुलाउन भिर पाखा पहरा मा मैले बसाइ सर्नु छ !! बाझो खेत सिंचिएर यहा सुन फलाउन समुन्ति जागरको  बिउ अझै छर्नु छ !! (नवाशिला बाट)