माया गरि गरि मार्यौ (गजल)

तिमीले माया गरि गरि मार्यौ !
पिडा दियौ घरि घरि मार्यौ !!

तिमि सर्प रहेछौ बिषालु !
म मा बिष भरि भरि मार्यौ !!

किन यस्तो गर्यौ बुझिन मैले  !
चोखो मन हरि हरि मार्यौ !!

अगाल्दै मेरो दिलमाया भन्थेउ !
तिमिनै अघि सरि सरि मार्यौ !!

 तिमि मेरो जिन्दगि भन्थेउ  !
मलाइ मन परि परि मार्यौ !!

कसम खान्थेउ आधिखोलाको !
त्यहि खोला तरी तरी मार्यौ !!

(असार १४, २०६२ नवशिला बाट )



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई