Posts

Showing posts from October, 2011

तिहारको झिलिमिली

तिहारको झिलिमिली आकाश बत्ति बल्न थाल्यो ! गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !! ढक्क मक्क बारी भरि सयपत्री फुले  होलान ! साथिसंगी देउशीभैली लिंगे पिंगमा भुलेहोलान !! मडारिएर गाउँको माया हुरी बनि चल्न थाल्यो ! गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !! सप्तरंगी टिका  पोहोर लाकी थिइन् बैनी आइ ! रमाइलो भा'को थियो भेला भा'थ्यौ दाजु भाइ !! धिप्प धिप्प दियो जस्तै जिन्दागीयो गल्न थाल्यो ! गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !! "पाखेली" नवाशिला बाट (असोज २५ २०६७)

मेची रोयो काली रोयो

मेची रोयो काली रोयो बनपाखा रोयो ! निरिह यी नेपालीको निर्दोष आँखा रोयो !! कति सुनाउ रुदै सधै कृष्णभिरको कथा ! चारै तिर आतंक र पिरै पिरको कथा !! खुड़ा अनि खुकुरीको बिरगाथा रोयो ! निरिह यी नेपालीको निर्दोष आँखा रोयो !! शान्ति रोप्यो भने पनि बम र बारुद फल्छ ! चारैतिर आतंक को हावा  मात्र  चल्छ  !! बम बारुदको आतंकले हाम्रो भाका रोयो ! निरिह यी नेपालीको निर्दोष आँखा रोयो !! (२७ असोज २०६० मा लेखिएको यो रचना )

तरवार रोयो हेर !

हत्या हिंशा गर्नु पर्दा तरवार रोयो हेर ! शान्ति दुत बुद्धको यो घरवार रोयो हेर !! हाम्रो आफ्नै बिरताको पहिचान थियो ! तर आज शान्ति रोप्ने दरवार रोयो हेर !! हिरोसिमा नागासाकी नेपालीत्व खोज्थे ! कठै तिनले गरेको त्यो साभार रोयो हेर !! सगरमाथा जस्तै उच्च ठाडो शिर थियो ! छिमेकीको प्रशंसा र आभार रोयो हेर !! बस्ति मासियो चारैतिर जंगल मात्र बढ्यो ! रगतको खोलि बग्दा जंघार रोयो हेर !! (मेरी शिला गजल भाइन....बाट ) २७ असोज २०६० जनयुद्ध को बेला   

के पिर तिमिलाइ

शव्द : "पाखेली" (बैगुनीको झुटो कसम बाट) २०६३/०४/१७   के पिर तिमि लाइ यो जिन्दगि बाचे पनि मरे पनि ! के को सुर्ता तिमीलाई मैले सयौ खोला तरे पनि !! तिमि खोला, पानी बग्छौ आफु बगर बाचेको छु ! तिमि तारा आकाश माथी म त डगर बाचेको छु !! के सुगन्ध रछ्यान लाइ जति अत्तर छरे पनि ! के पिर तिमि लाइ यो जिन्दगि बाचे पनि मरे पनि !! के को सुर्ता तिमीलाई मैले सयौ खोला तरे पनि !!! तिमि आफु अमृत भन्छौ म बिष बनि बाचेको छु ! तिमि सबको प्रित मिठो म रिस बनि बाचेको छु !! के नै अर्थ ओइलिने फुल शिर माथी झरे पनि ! के पिर तिमि लाइ यो जिन्दगि बाचे पनि मरे पनि !! के को सुर्ता तिमीलाई मैले सयौ खोला तरे पनि !!!