Posts

Showing posts from October, 2010

कविता (दशैं)

Image
यसपाली पनि गाऊमा लिंगे पिंग झूलो रे मेरो मिल्ने साथी सुशिल ले खबर दियो पोहोर को जस्तो धमिलो मन छैन  रे गाउलेको अहिले त बाबुराम र पुष्पे पनि उतै छ्नरे बालपन को साथी खड्गे ले पनि कालो खसी किनिसकको छ रे माधव अनी रामे पनि छुट्टी मिलाएर घर आइसकेरे  साच्चै आज भोली त गाऊ कै मुहार माँ प्रकास छाएको छ रे बिदेसिएको सेरे पनि बेलैमा आइपुग्यो रे गाऊ यसपाली त सफा गगन मा चंगा झुलेका छन रे बिजय  उस्तव को तयारी हुदैछ रे  पासंग र चित्रे पनि बाटो लागिसकेरे  लाग्यो यसपाली साच्चैको दशैं आउदैछ......रातो टिका र पहेलो जमरा संगै !!! 

गीत

Image
हिजो आज किन मेरो  मन उडेको चरी बनी !      तप्प तप्प गिन्दिगीयो बर्सेको छ झरी बनी !! हिमाल जस्तो सेतो सुन्दर गुरास जस्तो जोबन लाली मलाई लिन आउदै    छ    की मेरो   हजूर   यस   पाली नाचू नाचू भन्छ यो मन उर्लियेर     आउछ    बदन म त फूल बगैचाको उ नै हजूर   मेरो       माली !!!! सपनीमा       आई    दिन्छ     काउकुती    लाइदिन्छ बिपनिमा        प्रीत     बनी     जताततै     छाइदिन्छ उ नै लाग्छ    मेरो   भोली कहिले लीइ आउला डोली  रानी चरी डिल्मा बसी मायाको गीत  गाइ दिन्छ !!!!  

गीत

Image
मेरो छोरो औला भाची   दशैं   आयो भन्न थाल्यो ! घर जाने दिन लाइ आजै    देखि   गन्न   थाल्यो !! घर मा गइ चिची माम   खाने  कुरा    गर्छ   बाबु ! नया लुगा चाहियो भनि    घुर्की लाउने गर्छ बाबु !! लाग्छ अचेल दशैं पनि बिकिर्ती झैँ बन्न   थाल्यो ! मेरो छोरो औला भाची दशैं आयो भन्न थाल्यो !! दक्षिणामा आज भोली सय को नोट खोज्छ बाबु ! बजार गए आधुनिक हिप्पप लुगा    रोज्छ   बाबु !! लाग्छ अचेल दशैं पनि बिकिर्ती झैँ बन्न  थाल्यो ! मेरो छोरो औला भाची दशैं आयो भन्न थाल्यो !!

गीत

Image
आउदैछु म मेरी आमा यसपाली त टिका    थाप्न ! हजुर को आशिर्वाद र जमरा लाइ सिरमा राक्न !! जनयुद्ध भए देखि  गाउ     आउँन   पा    को    छैन ! हजुर को हात को मैले टिका पनि ला को   छैन !! यसपाली त बाबा आमा  बाटो    हेरी    बसे   हुन्छ ! सप्तमी को दिन आउछु चौतारी  मा   खसे   हुन्छ !! च्चहुइ लिंगे     पिंग    खेलौला   है    साथी    भाइ ! नवु आउछ    भनिदिनुस    मेरी    दिदि    सबैलाई !! शान्ति आयो छोडी दिनुस देवी देउराली    भाक्न ! आउदैछु म मेरी आमा यसपाली त टिका थाप्न !!

गजल

Image
सक्दिन   म   हेर्न   अब    छरीएका    लास   हरु ! रहर छैन   यहाँ अब     जंगलका     बास   हरु !!   जति हुनु भै सक्यो अब   शान्ति    हुनु     पर्छ ! कोहि छैन यहाँ अब निरंकुस का  दास   हरु !! कहिले पनि हामी हाम्रो दस्त्यो लाइ   सहदैनौ ! रोकीदैन कहिले पनि आस्था का यी सास हरु !!

गीत

Image
हिजो देखे आकाश मा जुनेलीमा    जुन     रोएको !    अशान्ति लाई नखपेर बाशुरीको   धुन      रोएको !! नेपाल आमा रुदै भन्छिन मलाई ठुलो घात गरेउ ! मनोमानी गरि यहाँ तिमीले ठुलो     पाप    गरेउ !! कति हेर्छौ जननीको तिमि     यहाँ    खुन   रोएको ! अशान्ति लाई नखपेर बाशुरीको   धुन      रोएको !! किन गर्छौ यस्तो कुरा देश लाइ टुक्रा पार्छौ भनि ! आफनै दाजु भाई लाइ    लडाएर    मार्छौ     भनि !! हिजो देखे आकाश मा जुनेलीमा     जुन    रोएको ! अशान्ति लाई नखपेर बाशुरीको     धुन     रोएको !!

मुक्तक

Image
दुखेको   मन    छ    मसंग    अहिले !   निरासा पन छ म    संग    अहिले !! आस्था क फुल     झरी     सकेछन ! उदासी मात्र छन्   म संग   अहिले !! पिडा मा बाच्नु    परेको    छ    यहाँ ! उजाडीएको बन छ म संग अहिले !!

कविता

Image
आज फेरी खुसि भा छु तिमीले     उपहार      पठाएछौ ! मायै माया कोहावा चल्ने    तिमीले बाहार    पठाएछौ !! मुस्कान मा हिस्सी तिम्रो ज्योति बस्यो दिलमा मेरो ! चम्कीएको नजर     भरि      फेरी     जुहार      पठाएछौ !! कलिलो त्यो काया तिम्रो मेरो  लागि    सुबाश    भयो ! आफ्नै सम्झी फेरी तिमीले हसिलो मुहार    पठाएछौ !!

गजल

Image
एक्लोपना छायो हजूर आफन्त को अभाव भयो !    जीवन मेरो तातो झिरमा उनीएको कवाव भयो !! देखेको थे मीठा सपना   उनी    संगै    कती   कती ! तर आज टूटयो सबै मात्र    एउता खवाव भयो !! हारे मैले आफै संग जितको बाजी    राखे    पनि ! उनै ज्ञानी उनै महान उनकै ठुलो रावफ    भयो !! कतै पाईन आफन्तको एक मुट्ठी    माया    मैले ! माया भन्न चीज पनि अचेल मलाई मजाक भयो !! पीड़ा हरु प्रस्न गर्छन किन तिमी    निराश    नवु ! खोई के बोल्ने दुनियामा पाखेली नाजवाफ भयो !!