कविता (दशैं)

यसपाली पनि
गाऊमा लिंगे पिंग झूलो रे
मेरो मिल्ने साथी सुशिल ले खबर दियो
पोहोर को जस्तो धमिलो मन छैन  रे गाउलेको
अहिले त बाबुराम र पुष्पे पनि उतै छ्नरे
बालपन को साथी खड्गे ले पनि कालो खसी किनिसकको छ रे
माधव अनी रामे पनि छुट्टी मिलाएर घर आइसकेरे 
साच्चै
आज भोली त गाऊ कै मुहार माँ प्रकास छाएको छ रे
बिदेसिएको सेरे पनि बेलैमा आइपुग्यो रे गाऊ
यसपाली त सफा गगन मा चंगा झुलेका छन रे
बिजय  उस्तव को तयारी हुदैछ रे 
पासंग र चित्रे पनि बाटो लागिसकेरे 
लाग्यो यसपाली साच्चैको दशैं आउदैछ......रातो टिका र पहेलो जमरा संगै !!! 


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई