Posts

Showing posts with the label cc

गीत (बेहिमानिको झुटो कसम)

मुटु भित्र छुरा भयो बेहिमानिको झुटो कसम ! नाना थरी कुरा भयो बेहिमानिको झुटो कसम !! शिर माथि हात राखी बाचा कसम खाएपनि हातमा फुलको थालि बोकी मन्दिरमा धाएपनि आज धोका पुरा भयो बेहिमानिको झुटो कसम मुटु भित्र छुरा भयो बेहिमानिको झुटो कसम !! तिम्रै हु म भनिकन अंगालोमा बेरे पनि झुटको खेति गर्न लाइ जती शव्द केरे पनि आज काचको चुरा भयो बेहिमानिको झुटो कसम मुटु भित्र छुरा भयो बेहिमानिको झुटो कसम !! (नवशिला बाट)