Posts

Showing posts from February, 2017

म सस्तो प्याला भएको छु (कबिता)

म तिम्रो अभाव मा आज आफुलाई निराश निराश बनाउन बाध्य छु सम्झनामा तिम्रो म उदाश उदाश जिएको छु कतै उराठ लाग्दो बिकराल  गर्तमा बाचेको छु अचेल तिमि लाइ सम्झना को खोकिला मा सजाउदै हरपल म जिएको छु यो भिड मा गुम्सिएर किचिएर!! म बिस्माद बाचेको मान्छे रतिभर चेस्टा छैन म मा म पराधिन लाग्छु अचेल पराजित लाग्छु अचेल मेरो आस्थिकता मा भोटे ताल्चा लागेको छ म पल पल पराकास्ता को जीवन बाँचिरहेछु !! मेरा सुनौला सपना हरु खण्डहर भएका छन मेरा आशा हरु निस्पाप भएर पनि जेलिएकाछन् काल कोठरीमा म पर्ति रति भर कसैको वास्ता छैन म उस्तै भएर पनि बेग्लै भा'को छु दुनिया मलाइ कालो ठान्छ अनि कालै व्यहवार गर्छ अलिकति पनि दया गर्दैन जब तिमि गयौ सबै गयो सपना गयो आशा गयो इच्छा अनि आकांक्षा गयो त्यसै ले त अचेल यो भिड मा म मर्दै बाँचेकोछु हरपल हर दिन !! तिमि गएपछि मलाइ मोल तोल गर्ने हरुको भिड बढेको छ म बेचिदै छु मिनेट मिनेट मा म जहर मा बाच्ने भएको छु प्याला मा रम्ने भएको छु प्रत्येक घुट्को मा पीहिरहेकोछु म प्रत्येक चुस्की मा जिहीरहेकोछु !!!

१४ फेब्रुवरी

Image
्मैले सम्झिए त्यो दिन साल को पात बजाएर बोलाएको न त फोन न मोबाएल माध्यम त्यहि थियो पिरति लगाउने तिमी आउथेउ दाइ र बा को आखा छलेर त्यही साल को रुख मुनि अनि जुधाउथ्यौ प्रेमिल आखा हरु तिम्रा आखा हरु मेरा आखा हरु हेरिरहन्थे एक अर्कालाइ सानो सिन्को मा त्यहि साल को पात बटारेर बनाउथ्यौ फिरफिरे र सयर गर्थेउ हावा को बेग मा त्यहि फिरफिरे सगै तिमि भन्थेउ नि बेहुला बन भनेर अनि म सोध्थे नि बेहुली को भनेर ? अनि दौड्दै जान्थेउ त्यो अर्को साल को बुट्टा मा र तिम्रो दाहिने हातको बुढि औला देखाउदै भन्थेउ खु्चिङ हो त्यहि रहेछ प्रेम सम्झिएउ नि साल को पात को सानो बोहोती बुनेर आमा ले खाजा हालिदिएको पुवा भाग लगाउथेउ त्यै बोहोतीमा अनि भन्थेउ पछि ठुला भएपछि टपरी मा खाउला है ॰ नवशिला १४ फेब्रुवरी २०१७