Posts

Showing posts from May, 2011

सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि

सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि SS!!SS                    SS!!SS             SS!!SS कोशी पारीको सुन्दर गाउमा पिरती ला को छु तिमीलाई भेट्न ए मेरी प्रिय म आउने भा को छु  पोहोरको साल म आको थिए कोशीको बाध फुट्यो तिमीलाई भेट्ने त्यो सालको आशा बाढी मा नै टुट्यो  यो साल त् प्रिय म आउछु आउछु यो मेरो बाचा भो  म तिम्रो निम्ति धुप बत्ति बाल्न देबिथान गा को छु  सुनगाभा जस्ती सयपत्री जस्ती जुनेली उजेली दिलमाया मेरी यो दिलमा बस्ने पहेली पातली उस्तै पो छ कि गालाको कोठी डण्डीफोर बढ्यो कि धपक्कै बल्ने त्यो लाली रुप मा बैश पो चढ्यो कि  कोशी पारीको सुन्दर गाउमा पिरती ला को छु तिमीलाई भेट्न ए मेरी प्रिय म आउने भा को छु   सा नि नि स रे रे ग रे ..रे रे ग रे सा नि ध नि  सा नि नि स रे रे ग रे......................................... SS!!SS               SS!!SS                        SS!!SS आएन  भनि यो निस्ठुरी ले बिर्सियो नभन मेरो पनि त उही हाल भा छ मन छामी हेरन अब त प्रिय दुइ मुटु हाम्रो एक हुने भा को छ चखेवा जस्तो हाम्रो जोडी लाइ दिब ले जुर
Image
अभाव पिडा जोकिम अनि त्रास छ यो शहरमा ! लुटको अनि झुटको खेती हुन्छ प्रत्येक प्रहरमा  !! आफ्नो मान्छे देखे पनि तर्की हिड्छ फर्की हिड्छ ! बाच्न जान्नु पर्छ यहा हैकम अनि कहरमा !! नाङ्गो नाच चल्छ यहा नियमकानुन  केहि छैन ! कति योवन बिक्रि हुन्छन बाध्यता र रहरमा !! स्वार्थि हरुको क्रिडा स्थल भा'छ अचेल  राजधानी ! रमाका'छन् पौडीएर दिन रात कालो जहरमा !!

मूल भए (गीत)

Image
पिरतीमा म त हजुर  उनका लागि शुल भए ! मरुभूमि उजाड उजाड म सुकेको मूल भए !! उनि बहार बनि आउदा म त पतझड भए ! म बेहिमानी उनकालागि  फलामको  रड भए !! बसन्तमा उनि फुलिन म झरेको फुल भए  ! पिरतीमा म त हजुर  उनका लागि शुल भए !! उ मायाँ कि   सार भईन म चुलेसी धार भए ! पिरतीमा जितभो उनको म त हजुर हार भए !! शरदमा रमिनउनि म टाँगेको तुल भए ! पिरतीमा म त हजुर  उनका लागि शुल भए !! (पाखेलीको संग्रह "नवशिला" बाट)

भरिया (कथा)

Image
श्री नगरपुर को पुरै पाटो मेरो जिजु हजुर बुबाले बिर्ता पाउनु भा'को रे ! चन्द्र समसेरको भड़ारे भएर काम गर्दा गर्दै जिजु हजुरबा को काम बाट खुशी भएर "ए पन्डित ल यो नगरपुर तिमीलाई बिर्ता भो तिम्रा छोरा नातिले पनि भोग गर्न पाउने गरि तीम्रा नाम गरिदिए ! " भनि बक्सिस दियेकारे ! यो पाटो पाए पछी मेरा जिजु हजुर बा श्रीधर ले आफ्नो नामको श्री जोडेर ठाउको नामनै श्रीनगरपुर रखेकारे हजुर बुबाले सानैमा सुनाउनु हुन्थियो ! म आफु खुब गर्ब गर्थे म पनि ठालु कै सन्तान रहेछु भनेर ! बास्ताबमानै त्यस बेला  श्री बाजेका छोरा नाति पनाति भने  पछी सम्मान को कुनै कमि हुदैनथियो  टोलमा ! तिन वटा गजुर राखेका भब्य महल १५ ,२० जना नोकर चाकर टन्न दुहुना गाइ भैसी आम्मै कति कति साँची एस को जीवन थियो ! " हेर नाति तेरो बाबुले पनि राम्रो पढ्यो अहिले दरबारमा नाइके छ तैले पनि धेरै पद्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ राजाको सेवा गर्नु पर्छ ! हेर दरबारिया लाइ खुसि पारो भने कहिले दुख पाइदैन " बेला बेलामा हजुरबा ले म मा पाइन हाल्नु हुन्थ्यो ! मेरा हजुरबा पनि दरबारका निकै नजिकको मानिनु हुन्थ्यो ! मेरो किताबी लगाब ठ

इन्दिरा इन्दिरा (थ्री जी )

Image
ग्रुप :  इन्दिरा इन्दिरा ..भन् तिम्रो मनको कुरा                                              नलुकाई  पुरा पुरा केटि : खै के भनू मनको कुरा माया हो कि तिखो छुरा           जे भनेनी  मनको   कुरा   सबै   सबै   छन्     अधुरा यो स्वार्थी स्वार्थी दुनीया सबै मतलबी   छन्   यहा छल कपड केहि नभाको मान्छे खोज्न जाउ कहा कसलाई आफ्नो भनि चोखो माया दिउ मैले को पो छ र मन   मिल्ने दिल   दिउ   अहिले केटा : सबैलाई   दोष  नदेउ   मेरो    मनमा     खोट    छैन            म त माया गर्ने मान्छे म मा त्यस्तो दोष छैन आउ आउ संगै नाचौ संगै गाउ माया  गरौ  दुइ मुटु साटौ हामि प्यासी मनको प्यास भरौ  ग्रुप :  इन्दिरा इन्दिरा ..भन् तिम्रो मनको कुरा                                              नलुकाई  पुरा पुरा केटा : छम छम पाउजु तिम्रो   छन छन   बज्ने  चुरा           तिमि र म साटौ आउ मन भित्रका सबै कुरा

युगल थ्री जी (पाखेली नवराज पोखरेल)

Image
केटा : दिल दिन्छु मन दिन्छु ..तिमीलाई यो ज्यान दिन्छु            तिम्रो  लागि  आकाश... को जुनतारा  झारी  दिन्छु केटि :NO...NO...NO..NO...          चेपारे  कुरा  गर्दै  भन्छौ  त्यो  मन  दिन्छु           कसरि म भर परौ..कसरि पो बिश्वाश गरौ GROUP: O MANITA I LOVE YOU SO MUCH......     !!SS!!                 !!SS!!                        !!SS!! केटा :  यी आखाकी नानि तिमी हिर्दय कि रानी तिमी            जुनी भरि साथ दिन्छु मायाकी  खानी  तिमी केटि :NO...NO...NO..NO..         मुख भित्र एउटा कुरा मन भित्र तिखो छुरा           केटा हरुको जात यस्तै नपाउन्जेल बात यस्तै  GROUP: O MANITA I LOVE YOU SO MUCH......  केटा : किन तिमि टाढा हुन्छौ हिड्छौ नि  तर्किएर            मेरो माया बुझिदेउन हेरिदेउन फर्किएर केटि :NO...NO...NO..NO..          अल्लारे ठिटा तिमि तिम्रो कुनै भर छैन         तिमि जस्तो केटा संग माया लाउने रहर छैन GROUP: O MANITA I LOVE YOU SO MUCH...... केटा : अल्लारे केटा भन्छौ लुकी लुकी हेर्ने गर्छौ          मन भित्र माया लुकाई बाहिर आँखा तर्ने गर्छौ केटि :NO...NO...NO..NO..         

आउला सानु देउरालीमा (गजल)

Image
पर्खी बस भेट्न तिमीलाई आउला सानु देउरालीमा ! पिरतीको महल   बनाइ   छाउला    सानु   देउरालीमा !! दुइटा   मुटु   एक   बनाइ   जनी   जुनी    साथ    दिने  ! अजर अमर बाचा कसम खाउला सानु देउरालीमा !! तिम्रो मेरो बीच कुनै  मनमुटाब   को   आभास   भए  ! पिडा लाइ   फाल्न  हामी   जाउला  सानु   देउरालीमा !! दुनिया   को  बस्ती  भन्दा   कतै   टाढा   तिमि र म  ! दुवै मिली प्रितीको गीत  गाउला  सानु   देउरालीमा !! फुर्सद भए एकै छिन मन   भित्रको  खुसि  साट्न ! अनुकुल मिलाई भेट्न   धाउला  सानु   देउरालीमा  !!

जिन्दगी यो बगर भयो (गीत)

Image
निरीह यो उदाश उदाश  जिन्दगी  यो बगर भयो !  दुनिया ले कुल्ची हिड़ने जिन्दगी  यो डगर भयो !! जता हेर्यो स्वार्थी मान्छे कही    छैन आफ्नोपन ! कहा    खोजू   मानवता   आफन्त   हौ    भनिकन  !! आफु खुसी बाच्नु पनि अब त त्यों रहर भयो ! निरीहयो उदाश उदाश जिन्दगी  यो बगर भयो !! मोल तौल गरि   गरि धेरै   बिके   जीवन   यहा  ! लाचारी मै बिक्री भा छन् कुमारीका   योबन  यहा !! संघर्षमा बाच्नु पनि जिन्दगी   त  जहर    भयो ! निरीहयो उदाश उदाश जिन्दगी यो बगर  भयो !! सन्नाटामा   रमाउदै     रातै   पिच्छे   घात   हुन्छ ! हर्कत गर्दै आफन्त को बातै पिच्छे घात हुन्छ !! छैन कोहि हात दिने   बिरानो   यो   शहर भयो ! निरीहयो उदाश उदाश जिन्दगी यो बगर  भयो !!