जिन्दगी यो बगर भयो (गीत)

निरीह यो उदाश उदाश  जिन्दगी  यो बगर भयो ! 
दुनिया ले कुल्ची हिड़ने जिन्दगी  यो डगर भयो !!

जता हेर्यो स्वार्थी मान्छे कही    छैन आफ्नोपन !
कहा    खोजू   मानवता   आफन्त   हौ    भनिकन  !!
आफु खुसी बाच्नु पनि अब त त्यों रहर भयो !
निरीहयो उदाश उदाश जिन्दगी  यो बगर भयो !!


मोल तौल गरि   गरि धेरै   बिके   जीवन   यहा  !
लाचारी मै बिक्री भा छन् कुमारीका   योबन  यहा !!
संघर्षमा बाच्नु पनि जिन्दगी   त  जहर    भयो !
निरीहयो उदाश उदाश जिन्दगी यो बगर  भयो !!

सन्नाटामा   रमाउदै     रातै   पिच्छे   घात   हुन्छ !
हर्कत गर्दै आफन्त को बातै पिच्छे घात हुन्छ !!
छैन कोहि हात दिने   बिरानो   यो   शहर भयो !
निरीहयो उदाश उदाश जिन्दगी यो बगर  भयो !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई