तिहारको झिलिमिली

तिहारको झिलिमिली आकाश बत्ति बल्न थाल्यो !
गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !!


ढक्क मक्क बारी भरि सयपत्री फुले  होलान !
साथिसंगी देउशीभैली लिंगे पिंगमा भुलेहोलान !!
मडारिएर गाउँको माया हुरी बनि चल्न थाल्यो !
गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !!


सप्तरंगी टिका  पोहोर लाकी थिइन् बैनी आइ !
रमाइलो भा'को थियो भेला भा'थ्यौ दाजु भाइ !!
धिप्प धिप्प दियो जस्तै जिन्दागीयो गल्न थाल्यो !
गाउकी बहिनि सम्झिएर छाती मेरो जल्न थाल्यो !!

"पाखेली"
नवाशिला बाट
(असोज २५ २०६७)

Comments

  1. Malai Pani yad ayo sir ajha yo bhanda prakhar kisim ko kura awos.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई