Posts

Showing posts from February, 2011

छापा मार्नू पर्ने भयो (गजल)

Image
कस्तो लाज लाग्ने खबर छापा मार्नू पर्ने भयो  आपति त्यो अवस्थामा भर्यांग झार्नु पर्ने भयो  कती लाज नभएका आजकालका ठिटा ठिटी ढोका खोल्ने साथ लुगा माथी सार्नु पर्ने भयो  सांची रै छ  कलियुगमा  नानाभाती  हुदोरै'छ केही लागेन आखिरमा यिनले हार्नु पर्ने  भयो एसएलसी र प्लस टू त  यसरी पो पढ़दा रा'न गेस्टहाउसमा परीक्षाको सेन्टर पार्नु पर्ने भयो  (यो गजल भ्यालेंनटायन गेस्ट हाउस मा गएर मनाउने का लागी)

सोधनी भो हकीमले (गजल)

Image
सोधनी  भो  हकीमले  केही  नया   चाहिन्छकी ? मलाई लाग्यो उतर  न'दे  फेरी  मार  खाईन्छ्की   जवाफमा  मैले  बोले   मर्जी   हजूर   जे   गरेनी चाकड़ीको के थाहा भोली ठुलै तक्मा लाईन्छ्की  म  त  नोकर  भतुवा  जस्तै  जे  भने  नि  हुन्छ जीवन भरी हात जोड्न यही आगन  धाईन्छ्की  कहिले दाँया कहिले बाँया म त पुच्छर हजूर को हजुरको  आसिर्वादले  भोली  माथी  आईन्छ्की 

को भ्यालेंनटाएन प्रीय (गजल)

Image
आंगलो मा  बाध्ने   भए   त्यतै  तिर  धाउने  थिए ! साँझ बिहान जहिले भन्छौ त्यती खेरै आउने थिए !! मायै जाबो लाउनलाइ के  को भ्यालेंनटाएन  प्रीय  ! राजी भए त्यो सिउदो मा आजै सिंदूर लाउने थिए !! एक दिनको के कुरा र  रातो गुलाव  तिम्रो  लागी  ! तिम्रो मन  को  बगैचामा  बर्ष  भरी  छाउने  थिए !! तिम्रो   हात    समाउने  आनुमति   पा'  को   भए  ! देउरालीमा  प्रणय  को  मिठो  गीत   गाउने  थिए !!

2 मुक्तक

Image
काठमांडू को दुरगन्दमै सकियो मेरो ऊर्जा  ! चौध  बर्ष  बितीसक्यो  हातमा  छैन  पुर्जा !! साथी भाईको बिल्डिंग बने मेरो भने शून्य !!! अब  पैसा  कमाउन  खेलौ   लंगूर   बुर्जा !!!!                         १. हाकिम पनि खुरापाती  पिउन  पनि  उस्तै ! नेता देखी मंत्री सम्म  सबै  सुस्त  सुस्तई !! मेरो पनि आज भोली   हाल  उस्तै  भा'छ !!! स्वास्नी अनी छोरा छोरी सबै नै दुरुस्तई !!!!                      २.

अब भूल मलाई तिमी (गीत)

Image
अब भूल  मलाई  तिमी जे  जे   हुनु  भयो तिम्रो   मेरो  सबै  अब  अतीत  हुने  भयो  तिमी ख़ुशी   हुनु   अब  मेरो  कामना  छ  तिम्रो फोटो हेरी  बाच्ने  मेरो  चाहाना  छ तिमीले छुनु निलो  गगन  रमाएर  बाँच्नु  उसकै न्यानो अंगालोमा   बाधिएर  हास्नु मिलन एउटा संयोग थियो छुटनै पर्ने भयो  अब भूल  मलाई  तिमी  जे  जे  हुनु  भयो  दोबाटोमा  भेट   भयौ   दुई   यात्री  जस्तै पिरतीको जालो  भित्र  गयौ  हामी   फस्दै उर्लीएको   भेल   सरी  आयौ   फेरी  गयौ  मेरो  मनमा  सम्झानको  गीत  बनि रयौ निस्ठुरी को चोट सहने बानी मलाई भयो अब भूल मलाई  तिमी  जे  जे  हुनु  भयो 

पहिले मुन्नी बदनाम भई

Image
पहिले मुन्नी बदनाम भई अहिले मुना बदनाम भई ! अगेनोको रापले  गर्दा घर  की   चुना  बदनाम  भई !! सालको पात जंगली भो पलास्टिक को  राज  भयो ! पूजा आजा भोज भतेर मा फेरी दुना  बदनाम  भई !! जहा भित्तो त्यतै तिर  तुरकै  दिन्छ्न  आजभोली ! काठमांडू का वाल भित्ता कुनाकुना  बदनाम  भई !! बदमासीलाइ मास्छुभनी लागेकी  थि  मेरी  काली ! मुन्नी भन्दा मेरी काली  चार  गुना  बदनाम  भई !!  

एउटा युग नारी को जन्म (कविता)

Image
उनी बहुली जस्तै सिगारीएकी थिईन आँखा भरी गाजल अनी ओठ भरी लाली थियो लाग्थ्यो उनी अप्सरा हुन स्वोर्गकी लाजालु शालीन अनी कोमल थिईन उनी गुलाब जस्तै ! उनमा कुनै कपटता थिएन मानौ उनी सबैथोक हुन  उनको मंद मंद मुस्कान उनको सुरम्य वदन उनमा देखिएको शालीनता ले एउटा युग नारी को जन्मको प्रतीत हुन्थ्यो !!  उनका नीला आँखाहरुमा  निलिमा झल्केको थियो  उनी सुरम्य थिईन  उनमा सास्वतता को बिम्ब थियो  एउटा मूर्त नारीत्व थियो उनमा सुकोमल मनका भाव हरु तरंगीत थिए  सुगन्धित फूल हरु जस्तै  उनीमा जोश थियो नया युग बनाउने  सब्द सब्दमा उनी क्रान्ति बोल्थिन युग परिवर्तनको उद्घोस गर्दै  उनका मुट्टी हरु कसिला थिए  परिवर्तित औलाहरु  उनी यस युगकी नारी  परिवर्तन चाहने !!!!!

झरी परेको त्यो रातमा (गीत)

Image
झरी परेको  यो  रातमा  मदहोशी  यो   मातमा म निदाउदैछु फेरी  तिम्रो  यो   न्यानो काखमा मन्द मन्द यो जूनको उज्यालो ले  चिहाउछन  तारा  हरुले  हेरी  हेरी   हामीलाई  गिज्याउछन तप्केको छ माया हाम्रो  शितबनी   फुलपातमा म निदाउदैछु फेरी  तिम्रो  यो   न्यानो काखमा सुस्त सुस्त यो  साँझमा  गीतको मिठो धुन छ   माया र  पिरतीको कस्तो अमिट  यो  सगुन छ  स्वपनिल गुलाव जस्तै तिमी  छौ मेरो साथमा म निदाउदैछु  फेरी  तिम्रो  यो  न्यानो काखमा

यात्री बानी यात्रा गरौ

Image
यात्री बानी यात्रा  गरौ  एकै  ठाउमा  जानु  न  हो ! एकै छीन कुरा गरौ  आखिर के  नै  लानु  न  हो !! कतै  टाढा  चौतारी  का  दुई  आँखा  हैनौ  क्यारे ! पहिलो चोटी भेट भाको जस्तो पनि छैनौ  क्यारे !! जती आँखा तरे पनि एउटा  थालमा  खानु न  हो ! एकै छीन कुरा गरौ आखिर  के  नै  लानु  न  हो !! मलाईछाडी तिमीलाई एकलई बस्नमन छैनहोला ! म पनि त पारी गाउको सुकुल  गुन्डो  हैन  होला !! उही तिमीलाई चिठीलेख्ने तिम्रोआफ्नै सानु न हो !! यात्री बानी यात्रा  गरौ  एकै  ठाउमा  जानु  न  हो ! दुख सुख बाडौलाहै  भन्दै  कसम  खा'कै  हौ  नि !! देउता थानमा फूलपाती चडाउननि  गा'कै  हौ  नि ! झरी,बादल,हिउद , बर्षा ओतने एउतै छानु न  हो !! यात्री बानी यात्रा गरौ  एकै  ठाउमा  जानु  न  हो !!

सपनामा...उ (कविता)

Image
हिजो राती सपना देखे  उ सुस्ताई रहेकी थिई  निरन्तर..सुस्केरा हालेर  बिछोडको बेदनामा ! म असरल्ल थिए उसको अगाड़ी बिस्कुन जस्तै !! उ फुंग थिई  लाली बिनाको गुलाब जस्तै  उसका योवन हरु  थाकेका थिए  उदास ...उदास  मैले देखेकी उ  आज अर्कै थिई  निरस..निस्बोध  उसमा रतिभर पनि उत्सुकता थिएन  उ लाग्दथी..खाली  सजाईएको हुस्कीको बोतल जस्तै !! मेरो सपनामा सजीएर आउने उ  आज सपना भीत्र ओंईलाएकी थिई  उसमा सुवाश थिएन  न त गाढापन नै  उ काड़ा हरुको बिचमा  गग्रीएर बसेकी थिई  मानौ अब उ केही होइन  नास्तिकले सजाएको  मूर्ति जस्ती !!! उसका आँखा निरीह थिए  चाउरीएका थिए गाला हरु रंग बिनाको फूल जस्तै , उ बारम्बार सपनामा आउथी पहिले पनि ...त्सबेला उ फरक थिई  उ जिस्किन्थी मस्किन्थी  तर आज उ गलेकी थिई  आफ्ना ती सुकोमल बैश हरु देखि  अब उ एउटा आकृति मात्र थिई  सपना जस्तै बिउझीए पछि  केबल सम्झना मात्र दिने  एउटा सपना जस्तै ...मात्र सपना जस्तै !!!!