को भ्यालेंनटाएन प्रीय (गजल)

आंगलो मा  बाध्ने   भए   त्यतै  तिर  धाउने  थिए !
साँझ बिहान जहिले भन्छौ त्यती खेरै आउने थिए !!


मायै जाबो लाउनलाइ के  को भ्यालेंनटाएन  प्रीय  !
राजी भए त्यो सिउदो मा आजै सिंदूर लाउने थिए !!

एक दिनको के कुरा र  रातो गुलाव  तिम्रो  लागी  !
तिम्रो मन  को  बगैचामा  बर्ष  भरी  छाउने  थिए !!

तिम्रो   हात    समाउने  आनुमति   पा'  को   भए  !
देउरालीमा  प्रणय  को  मिठो  गीत   गाउने  थिए !!






Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई