शब्द भित्र उने पछी मेरी शीला गजल भइन् ! संगीत ले धुने पछी मेरी शीला गजल भइन् !! रुप उनको शेयर भयो गाइ रहू लागि रयो ! सुर ताल मा बुने पछी मेरी शीला गजल भइन् !! ढुकढुकी मा रदिफ भइन् छाती भित्र धड्किएर ! शायर हरु ले सुने पछी मेरी शीला गजल भइन् !!

Monday, February 13, 2017

म सस्तो प्याला भएको छु (कबिता)

म तिम्रो अभाव मा
आज आफुलाई
निराश निराश बनाउन बाध्य छु
सम्झनामा तिम्रो
म उदाश उदाश जिएको छु
कतै उराठ लाग्दो
बिकराल  गर्तमा
बाचेको छु अचेल
तिमि लाइ सम्झना को खोकिला मा
सजाउदै हरपल म जिएको छु
यो भिड मा गुम्सिएर किचिएर!!
म बिस्माद बाचेको मान्छे
रतिभर चेस्टा छैन म मा
म पराधिन लाग्छु अचेल
पराजित लाग्छु अचेल
मेरो आस्थिकता मा भोटे ताल्चा लागेको छ
म पल पल पराकास्ता को जीवन बाँचिरहेछु !!
मेरा सुनौला सपना हरु खण्डहर भएका छन
मेरा आशा हरु निस्पाप भएर पनि
जेलिएकाछन् काल कोठरीमा
म पर्ति रति भर कसैको वास्ता छैन
म उस्तै भएर पनि बेग्लै भा'को छु
दुनिया मलाइ कालो ठान्छ
अनि कालै व्यहवार गर्छ
अलिकति पनि दया गर्दैन
जब तिमि गयौ
सबै गयो
सपना गयो
आशा गयो
इच्छा अनि आकांक्षा गयो
त्यसै ले त अचेल यो भिड मा
म मर्दै बाँचेकोछु हरपल हर दिन !!
तिमि गएपछि
मलाइ मोल तोल गर्ने हरुको भिड बढेको छ
म बेचिदै छु मिनेट मिनेट मा
म जहर मा बाच्ने भएको छु
प्याला मा रम्ने भएको छु
प्रत्येक घुट्को मा पीहिरहेकोछु
म प्रत्येक चुस्की मा जिहीरहेकोछु !!!

१४ फेब्रुवरी

्मैले सम्झिए त्यो दिन
साल को पात बजाएर बोलाएको
न त फोन न मोबाएल
माध्यम त्यहि थियो
पिरति लगाउने

तिमी आउथेउ दाइ र बा को
आखा छलेर
त्यही साल को रुख मुनि
अनि जुधाउथ्यौ प्रेमिल आखा हरु

तिम्रा आखा हरु
मेरा आखा हरु
हेरिरहन्थे एक अर्कालाइ

सानो सिन्को मा
त्यहि साल को पात बटारेर
बनाउथ्यौ
फिरफिरे र सयर गर्थेउ
हावा को बेग मा
त्यहि फिरफिरे सगै

तिमि भन्थेउ नि
बेहुला बन भनेर
अनि म सोध्थे नि
बेहुली को भनेर ?

अनि दौड्दै जान्थेउ त्यो
अर्को साल को बुट्टा मा र
तिम्रो दाहिने हातको बुढि औला
देखाउदै भन्थेउ खु्चिङ
हो त्यहि रहेछ प्रेम

सम्झिएउ नि
साल को पात को सानो
बोहोती बुनेर
आमा ले खाजा हालिदिएको पुवा
भाग लगाउथेउ त्यै बोहोतीमा
अनि भन्थेउ
पछि ठुला भएपछि
टपरी मा खाउला है

॰ नवशिला
१४ फेब्रुवरी २०१७



Friday, July 17, 2015

साउन गीत

साउनको पर्व राम्रो हरियो चुरा हेर
 मेहेन्दिले हत्केलाको रुप रंग फेर

 हसिलो यो मुहारको हिस्सी कस्तो राम्रो
 प्यारी तिमि आँखा भित्र बसेकीछौ हाम्रो
 रुप तिम्रो सिगार्न लाइ नगर है बेर
 साउनको पर्व राम्रो हरियो चुरा हेर

 नयन तिम्रा गाजलु ति सारै मिठो बोलि
 हासी दिन्छौ खित्का छाडी हिर्दय नै खोलि
 बसेकी छौ यहि छाती यहि मुटु नेर
 साउनको पर्व राम्रो हरियो चुरा हेर

  @ नवशिला
 १ साउन २०७२ , मैतीदेवी परिसर

Sunday, April 19, 2015

अचम्म लाग्छ

अचम्म लाग्छ देखेर देशको सत्ता शासन
न सकिन्छ रुन लाइ न सकिन्छ हाँसन ।।

वास्ता छैन कसैलाई हेर जजारकोटको
न छ औसधी त्यहा न पेट भरि रासन ।।

 सत्ता पक्ष मस्त छ भोज मोज गर्नु मै
बिपक्षी को के कुरो लागि पर्छ नासन ।।


गनाउने भा को छ यो गरिव को झुपडी
महलमा त रातो दिन अत्तर को बासन ।।

सबै लडाउने यहाँ सबै फुटाउने यहाँ
छैन कोहि आटिलो सक्ने माला गाँसन ।।

रुन्छ मन धरधरी दखेर हाल देशको
लागेकाछन् लौ सबै काटन र मासन ।।

 @ नवशिला ६ बैशाख २०७२ ,
 मैतीदेवी परिसर

Monday, September 3, 2012

 इजत जान्छ मूल घरको लोकल पानी छुन्न म त !
 बबाल हुन्छ छिमेकमा नशाले मुख धुन्न म त !!

Friday, January 27, 2012

नेपाल बन्द भयो


पाखेली एन. आर. (केहि शेयर)
...........................................
...........................................

पोहोर तिम्रो जन्म दिनमा पनि नेपाल बन्द भयो !
 
आएन भन्यौ त्याही बाट भेट मन्द मन्द भयो !!

उता तिनले बार्ता गरे भित्र भित्रै कुरा मिल्यो !
अहिले सम्म हाम्रो भने पिरतीमा द्वन्द भयो !!

मलाइ पद्चुयत गरि आफै शासन गर्नखोज्यौ !
न त तिमि खुसि भयौ न मलाइ आनन्द भयो !!

साम्यवाद भने मैले निरंकुशता लादन खोज्यौ !
सुबासिलो हाम्रो माया अहिले दुर्गन्द भयो !!

टल्किएको माया


नवराज पोखरेल "पाखेली"
(२० डिसेम्बर २०११)
....................................
सेतो सुन्दर हिउ जस्तै टल्किएको माया !
सुटुक्क त्यो झिल्केसंग पल्किएको माया !!

कोरी बाटी चट्ट गोरी आँखा भरि गाजल !
देखे फेरी उसलाई उतै ढल्किएको माया !!

हातमा चुरा मुखमा छुरा अचम्म र उल्का !
लौन कस्तो उम्लिएर छल्किएको माया !!

लगनगाँठो जोडेपछि झनै रहरलाग्दो !
आजभोलि झल झल झल्किएको माया !!

‎रातको मलाइ सम्झना छ (गीत)


तिमि संगै बिताएको रातको मलाइ सम्झना छ !
छाद हाली अंगालेको हातको मलाइ सम्झना छ !!

एकोहोरो हेराहेर थ्यो मधहोशी भा'का थियौ !
कसले पहिले कुरागर्ने उत्सुक भइ रा'का थियौ !!
हजुर भन्दै बोलेको त्यो बातको मलाइ सम्झना छ !
तिमि संगै बिताएको रातको मलाइ सम्झना छ !
छांद हाली अंगालेको हातको मलाइ सम्झना छ !!

नशा थियो प्यार थियो गाजलु त्यो नजरमा !
छल्किएको बैश थियो कलिलो त्यो अधरमा !!
म प्रति त्यो तिम्रो चाहात को मलाइ सम्झना छ !
तिमि संगै बिताएको रातको मलाइ सम्झना छ !
छांद हाली अंगालेको हातको मलाइ सम्झना छ !!