Posts

Showing posts from September, 2011

परी जस्ती तिमी

स्वर्ग बाट झरेकी परी जस्ती तिमी साउनमा बर्सने झरी जस्ती तिमी घरि घरि आँखाको तिर तिमि हान्छौ इशारा नि गर्छौ फेरी लाज मान्छौ फुलहरु कि रानी सुनाखरी जस्ती तिमी स्वर्ग बाट झरेकी परी जस्ती तिमी दन्ते लहर खोलि तिमीले हासी दिदा पिरतीको डोरी तिमीले गासी दिदा सेतो सुन्दर रुप खरी जस्ती तिमी स्वर्ग बाट झरेकी परी जस्ती तिमी

झरी गीत - पाखेली

बिना सिजन भिजाउने असोजको पानी कस्तो ? थाहै नदि मनमाबस्ने पल्लागाउकि सानी जस्तो न छ बादल गड्याङ गुडुङ न बिजुली चम्केकोछ सन्नाटा छ शहर  भरि झरी मात्र गम्केकोछ सफा हुन यो मौसमलाई हेर आनाकानी कस्तो बिना सिजन भिजाउने असोजको पानी कस्तो ? चाडबाड आयो भन्छन बाहिर त्यस्तो चमक छैन उल्लास र उमंग को कुनै पनि रौनक छैन बेमौसम मै बर्षी दिने बेइमानीको बानी कस्तो बिना सिजन भिजाउने असोजको पानी कस्तो ?  

युगल गीत (यो जोवन मेरो)

युगल गीत लेख्ने : पाखेली धुन भर्ने : बिशाल शर्मा केटि :यो जोवन मेरो सम्हाली देउन लौ मलाइ अंगाली देउन          म परे तिम्रो नयनको तालमा मदहोशी मन बुझाइदेउन केटा :तिम्रो जोवन सम्हाली दिउला ढुकढुकी बनाइ अंगाली दिउला          डुबेर रमाउ नयनको तालमा मदहोशी त्यो मन बुझाइ दिउला केटि: बैसालु जोवन उर्लेर आयो अंग अंगमा काउकुती लायो         नशालु आँखा गुलावी ओठ शरीर भरि प्रीतको नशा छायो केटा: उर्लदो बैश सम्हाल्न सिक भरेर  माया अंगाल्न सिक         आउन्न फेरी उमेर यो फर्की पवनसरी दिल बदल्न सिक  केटि: लाउन मन लाग्छ फरिया र चोली नाच्न मन लाग्छ आजभोली          आउछौ क्या हो दिलको राजा मलाइ लान लिएर डोली केटा: दौरा र सुरुवाल ढाकाको टोपी मनमा मायाको फुल यो रोपी         आउनेछु लिन तिमिलाइ सानु लानेछु पन्चे बाजा है ठोकी         

म बनौला बर (गीत)

कहा कि हौ तिमि माया पुर्ब हो है घर ! राजी भए पिपल बन्न म बनौला बर !! आइतबारे जाउला माया हाटबजार भर्न ! भन्छौ भने त्यतै आऊ तयारै छु सर्न !! बिस्वास भए आजै तिमीले निर्णय गर ! राजी भए पिपल बन्न म बनौला बर !! बेतनाको सिमसारमा बसी माया लाउला ! बेलबारी इटहरी धरान घुम्न जाउला !! दुइदिने हाम्रो जीवन हुन्न केहि भर ! राजी भए पिपल बन्न म बनौला बर !!