झरी गीत - पाखेली

बिना सिजन भिजाउने असोजको पानी कस्तो ?
थाहै नदि मनमाबस्ने पल्लागाउकि सानी जस्तो

न छ बादल गड्याङ गुडुङ न बिजुली चम्केकोछ
सन्नाटा छ शहर  भरि झरी मात्र गम्केकोछ
सफा हुन यो मौसमलाई हेर आनाकानी कस्तो
बिना सिजन भिजाउने असोजको पानी कस्तो ?


चाडबाड आयो भन्छन बाहिर त्यस्तो चमक छैन
उल्लास र उमंग को कुनै पनि रौनक छैन
बेमौसम मै बर्षी दिने बेइमानीको बानी कस्तो
बिना सिजन भिजाउने असोजको पानी कस्तो ?


 

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई