Posts

Showing posts from December, 2010

गजल

Image
ऐना सरी जिन्दगी यो फूटनु सम्म फुट्यो हेर !  टुक्रीएर   दिल मेरो   टूटनु  सम्म  टूटयो  हेर !! नखाएको बिष पनि लाग्यो मलाई    दोसी भए! तिम्रै कारण समाजले बाधी मलाई कुट्यो हेर !! नभएको कुरा लाएउ घाउ   माथि   नून   थपेउ ! समयको असिना ले   मलाई   नै   चुट्यो   हेर !! सबको सामू    मेरो   शिर   झुकाउनु   पर्नेभयो ! चोखो निश्चल प्रीत पनि छीनभरमा छुट्यो हेर !!

गजल

Image
मेरो आऊने खबर  ले तिमी  बसाई  सर्र्योअरे ! लेक छाडी  स-परिवार  बेसी  तीर  झर्र्योअरे !! किन  गाऊं  छाड़ेकित  जबरजस्ती   गर्नेथिन ! त्यही पीरले दुई महीना तिमी थला पर्र्योअरे !! धामी झाक्री बोलाएर कालो  बोको  मन्साएर !   कुन्नि के के तिमिलेत   नानाभाती  गर्र्योअरे !! सुनथान को बाटो गरी नवु आऊनै लाग्यो भनी ! टारी भरी काऊछो र सिस्नोको बिऊ छर्र्योअरे !!   के गर्थे र तिमीलाई   मात्र   माया  गरेको  थे ! दलिनमा   झुंडीएर   झंदै    तिमी   मर्र्योअरे !!

गजल

Image
जीवन त फूलै   फूलको माला जस्तो  हुनु  पर्छ ! अजर अमर अमृत को प्याला जस्तो हुनु पर्छ !! मनमा फुल्न सक्नु   पर्छ   सयपत्री   गोदावरी !! जगमगाउने सुन चाँदी को बाला जस्तो हुनुपर्छ ! दिलमा उन्न सक्नु पर्छ भित्री धारको पाइन ले ! संगीन अनी तरवार र भाला  जस्तो  हुनुपर्छ  !! मनको थानमा बल्नु पर्छ पिरती को दियालोभै ! मैंन जस्तो हैन जीवन  पाला  जस्तो  हुनुपर्छ !! थुन्न सक्नु पर्छ दिलमा मनपरेको मान्छेलाई ! फूटने बाध हैन यो त ताला   जस्तो   हुनुपर्छ !!

बाच्ने आधार

Image
 तिम्रो साथ मेरो लागी बाच्ने आधार बनेको छ ! एक मूट्ठी  प्राण मेरो तिमी  मा नै अडेको छ !! तिमी मेरो तराई पाहाड़ तिमी  लेक  बेसी मेरो ! तिमी सुन्दर गाऊ अनी तिमी मेरो   सरोफेरो !! तिमी सास मेरो दिलको छाती मित्र  धडकिदिने ! मेरो जीवन पनि   तिमी  भित्रै  बसीसकेकोछ !! जीवन को  रंगीचंगी  हरियाली  फाट   तिमी ! मेरो लक्ष्य मेरो बिस्वाशको बाटो पनि तिमी !! मेरा पाइला तिमी संगै सधै  अगी बड़ेकाछन ! तिमी भित्रै ख़ुशी हुनु बानी   मेरो   बनेकोछ !!

काली प्रसाद(कबिता)

Image
आज बिहानै मैले   एउता कबिता पढ़े  लेखिएको थियो म कालीको प्रसाद बन्न सकिन मात्र काली प्रसाद बने  मलाई लाग्यो म पनि नया राज (नव राज्य) बन्न सकिन  मात्र नवराज बने !! हुन त उनले भीरमा र पिरमा फुल्ने गीत लेखे  बिहान उठने बित्तिकै हिमाल हेर्ने कुरा गरे तर पनि उनलाई  एउटा कुराले पिरोली रह्यो  आफु निखुर कालो बोको बनेर काली को प्रसाद बन्न नपाएकोमा !! जब उनी ले त आफु आभाव र अपूर्णता मा बाचेको लेख्छ्न भने  म खै के लेखु  जब की म मा म नै छैन भने  म मात्र एउटा सानो लेखक  जसले लेख्न सिक्दैछ  बुझ्न खोज्दैछ  तसैले लाग्छ काली प्रसाद तिमी  किन कालो बोको बन्नू पर्यो र  तिमीलाई त सबैले काली को मंदिर मा हैन मनको मंदिर मा सजाएकाछन !!! तिमी त महान छौ म मात्र एउटा तिम्रो राम्रो फ्यान हु  पाठक हु.....श्रोता हु  तर पनि म प्रयास गर्दै छु  नव राज्य बन्न नवराज बाट !!!!

जीवनको डुगा

Image
ए मेरी  कान्छी  मनकी  धनी ए  मेरी  पियारी ! तनमन सुम्पे तिमीलाई मैले रखिदेउ सियारी !! बाबा र आमा मनपर्यो भन्छन यो फोटो हेरेर ! जानुनै पर्छ छोरी ले   माईती घरलाई छोडेर !! सम्पति हैन रूप रंग हैन    माया   र  पिरती ! मन मा बस्ने निश्चल निर्मल हो माया पिरती !! गाऊघरमा पनि जिस्कौछ्न अचेल हेरेर सबैले ! मिलेको जोड़ी जुरायो भन्छन हामीलाई दैबले !! सुख  र  दुख  सटौला  हामी  मायाले    बाधेर ! जीवनको डुगा तरौला हामी जीवनभर हासेर !!   

गीत

Image
सुन    चाँदी    हिरा    मोती    तिमी मेरो धन ! तिमी आयौ अरु मलाई के नै चाहियो भन !! फूल बनी आयौ  तिमी   बहार   बनी   आयौ ! मेरो मन को बगैचामा  जुहार बनी   आयौ !! रंगी चंगी रूप तिम्रो      जगमगायो    झन ! तिमी आयौ अरु मलाई के नै चाहियो भन !! सयपत्री   तिम्रो   चोली    मखमली    फ़रिया ! तिमी भरी बिसौनीको म त तिम्रो भारिया !! जता   तिमी उतै   जान्छ   उड़दै   मेरो   मन ! तिमी आयौ अरु मलाई के नै चाहियो भन !!

मनको आँखा खोली हेर

Image
सबै चीज  राम्रा लाग्छन मनको आँखा खोली हेर ! सबै कुरा आफ्नै लाग्छन मनको भाषा बोली हेर !! तिमी भित्र आफ्नोपनको मिठो आभास पाए मैले ! त्यही भएर तिमी संग चोखो प्रीत लाए    मैले !! मर्दैन त्यो चोखो प्रीत त्यसमा  अमृत  घोली हेर ! सबै चीज  राम्रा लाग्छन मनको आँखा खोली हेर!  मिठो मुस्कान लजालू त्यो सर्माउने   दुई  आँखा ! त्यही आँखामा मेरो तस्बीर सजाएर तिमी राख !! सबै चीज  राम्रा लाग्छन मनको आँखा खोली हेर ! सबै कुरा आफ्नै लाग्छन मनको भाषा बोली हेर !!

हाम्रो देश जेल भयो

Image
राजनिती हिजो आज कुर्सि पाउने   खेल    भयो ! संबिधानसभा माथि सारै    ठुलो      झेल    भयो !! लुछा चुडी बढी रयों      आमा   माथि   घात गरी ! हाम्रो देश त पुजामा बाढी   खाने    सेल     भयो !! चक्का जाम बन्द अनि   हड्ताल ले      पिरोलेर ! आजभोलि हाम्रो देशको नियम कानुन फेल भयो !! सुरक्षा को मतलब छैन   रगतको    खोलो   बग्छ ! निमुखा यी जनतालाई हाम्रो    देश    जेल भयो !!

शीला कति राम्री

Image
तेरी शीला कति राम्री हिजो मलाई जुन ले भनिन् !  तेही कुरा दोर्याएर आज फेरी      उन ले     भनिन् !! एक पटक हेरे फेरी मेरी मन कि    रानी        लाइ ! सम्झिएर मुस्कुराउने काली त्यो       बानि     लाइ !! सुहाएको छ तेरो जोडी छिलीएर     सुन   ले भनिन् ! तेरी शीला कति राम्री हिजो मलाई जुन ले भनिन् ! निर्मल निश्चल प्रित उनको   दिल   भित्र   बसेको छ ! शिला उनि आधार शिला बनि    मनमा   पसेकोछ !! उ भित्र नै तिमि बग्छौ मुस्काएर खुन ले   भनिन् !! तेरी शीला कति राम्री हिजो मलाई जुन ले भनिन् !

गजल

Image
मेरो माया लाग्दो रैछ तिमीले आंचल ओडी आएउ ! दुरी अलग अलग थियो तर बाटो      मोड़ी    आएउ !! माया प्रिती बसे पछि कसले     छेक्न    सक्छ यहाँ ! प्रेमका बैरी भन्ने हरुको जन्जिरलाई तोडी आएउ !! भन्छन सबै नसिब मा लेखेको   नै     हुन्छ     अ रे ! अधुरा ति मिलनका पल हरुलाई     छोडी     आएउ !! भन्थेउ तिमि मेरो साथी हामी   एकै हुन्नौ   कहिँलै ! तर आज मेरो थरमा तिम्रो नाम    जोडी     आएउ !!

गजल

Image
जीवन मेरो आजभोली एकादेश को किस्सा  भयो !  सरिर मात्र सालिक झैँ बाँकि उनकै हिस्सा भयो !! थाहा छैन छाती भित्र ढुक ढुकी नि छ कि  छैन ! छुयो कि त फुटी जाने जीवन मेरो सिसा भयो !! बाहिर देख्दा हाई हाई भित्र  भित्रै        जलीसके ! दुनिया को नजरमा बदनामी को खिस्सा   भयो !! योवन ले आदि बैस बाँकि नै   छ  भने        पनि ! उमेर ले जिस्क्यायर भन्छ    जीजीबीषा    भ यो !!

ग़ज़ल

Image
पुर्णिमा मा जुनेली को जुन राम्रो       हुन्छ अ'रे !  मन मा बज्ने बासुरी को धुन राम्रो हुन्छ अ'रे !! तर मेरी उनि भने अलिक फरक     कुरा गर्छिन ! जुन भन्दा शरीर को खुन राम्रो         हुन्छ अ'रे !! सबै को मन जित्ने      असल       काम गर्यो भने ! जीवन भर अरु ले गाउने गुन राम्रो हुन्छ अ'रे !! तर आज भोलि मित्र जमानानै        बद्लिसक्यो ! धुन खुन धुन भन्दा सुन राम्र ो      हुन्छ      अ'रे !!

गजल

Image
उनले बिस्वाशघात   गरिन   हाम्रो   कुरा  छिने पछि !   यस्तो व्यहवार गर्न थालिन मेरो साथी चिने पछि !! म त सधै पैदल यात्री उनि आउँन दिक्क मान्थिन ! मा संग को नाता टुट्यो उसले बाईक किने पछि !! पैसा हुदा मात्र रैछ     माया     प्रिती      भन्नु    पनि ! पत्त्याउन छाड्दारैछन बेरोजगारी     भै हिने     पछि !! के लाउनु र यस्तो      माया     जुनी  भरि    रुनलाई ! चोखो  निश्छल पिरती लाई उनले अचार पिने पछि !!

गीत

Image
तल पर्यो सिदुवा  खोला माथि   कुर्लिन  बन !   संगलो पानी जस्तै रैछ साईंली तिम्रो मन !! चौबंदीमा   सजीएकी    गुराशगाले    मोरी ! मेरो माया मन मुटु लागेउ तिमीले चोरी !! सुसेली र   बयेली ले   दियौ   आफ्नो   पन ! संगलो पानी जस्तै रैछ साईंली तिम्रो मन !! लाली रूप चंचल योवन मंद   मिठो   बोली ! किन तिमी आफ्नै लाग्छ मलाई आजभोली!! माया नै हो सारसंसार पिरती हो   धन ! संगलो पानी जस्तै रैछ साईंली तिम्रो मन !!

गीत

Image
तिम्रो माया तमोर को सङ्गलो पानी जस्तो ! अरुण बनि मिसिएर प्रिती लाइदिउ जस्तो !! शान्त तिमि निश्चल  निर्मल चोखो तिम्रो मन ! लाग्छ तिमी भित्रै     छ हौ     मेरो    आफ्नोपन !! तिम्रो माया सुनकोशीको सङ्गलो पानी जस्तो ! दुधकोशी भै मिसिएर    प्रिती    लाइदिउ जस्तो !! लिखु अनि    कोकाहा      झैँ      तिमि     सुसाउछौ ! भेडेटारको हावा     संगै       तिमि       मुस्काउछौ !! तिम्रो माया बरुण को   सङ्गलो     पानी जस्तो ! भोटेकोशी बनि प्रिती        लाइदिउ           जस्तो !! सप्तकोशी बनि प्रिती        लाइदिउ           जस्तो !!!