गीत

सुन    चाँदी    हिरा    मोती    तिमी मेरो धन !
तिमी आयौ अरु मलाई के नै चाहियो भन !!

फूल बनी आयौ  तिमी   बहार   बनी   आयौ !
मेरो मन को बगैचामा  जुहार बनी   आयौ !!
रंगी चंगी रूप तिम्रो      जगमगायो    झन !
तिमी आयौ अरु मलाई के नै चाहियो भन !!

सयपत्री   तिम्रो   चोली    मखमली    फ़रिया !
तिमी भरी बिसौनीको म त तिम्रो भारिया !!
जता   तिमी उतै   जान्छ   उड़दै   मेरो   मन !
तिमी आयौ अरु मलाई के नै चाहियो भन !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई