Posts

Showing posts from January, 2012

नेपाल बन्द भयो

पाखेली एन. आर. (केहि शेयर) .............................. ............. .............................. ............. पोहोर तिम्रो जन्म दिनमा पनि नेपाल बन्द भयो !   आएन भन्यौ त्याही बाट भेट मन्द मन्द भयो !! उता तिनले बार्ता गरे भित्र भित्रै कुरा मिल्यो ! अहिले सम्म हाम्रो भने पिरतीमा द्वन्द भयो !! मलाइ पद्चुयत गरि आफै शासन गर्नखोज्यौ ! न त तिमि खुसि भयौ न मलाइ आनन्द भयो !! साम्यवाद भने मैले निरंकुशता लादन खोज्यौ ! सुबासिलो हाम्रो माया अहिले दुर्गन्द भयो !!

टल्किएको माया

नवराज पोखरेल "पाखेली" (२० डिसेम्बर २०११) .............................. ...... सेतो सुन्दर हिउ जस्तै टल्किएको माया ! सुटुक्क त्यो झिल्केसंग पल्किएको माया !! कोरी बाटी चट्ट गोरी आँखा भरि गाजल ! देखे फेरी उसलाई उतै ढल्किएको माया !! हातमा चुरा मुखमा छुरा अचम्म र उल्का ! लौन कस्तो उम्लिएर छल्किएको माया !! लगनगाँठो जोडेपछि झनै रहरलाग्दो ! आजभोलि झल झल झल्किएको माया !!

‎रातको मलाइ सम्झना छ (गीत)

तिमि संगै बिताएको रातको मलाइ सम्झना छ ! छाद हाली अंगालेको हातको मलाइ सम्झना छ !! एकोहोरो हेराहेर थ्यो मधहोशी भा'का थियौ ! कसले पहिले कुरागर्ने उत्सुक भइ रा'का थियौ !! हजुर भन्दै बोलेको त्यो बातको मलाइ सम्झना छ ! तिमि संगै बिताएको रातको मलाइ सम्झना छ ! छांद हाली अंगालेको हातको मलाइ सम्झना छ !! नशा थियो प्यार थियो गाजलु त्यो नजरमा ! छल्किएको बैश थियो कलिलो त्यो अधरमा !! म प्रति त्यो तिम्रो चाहात को मलाइ सम्झना छ ! तिमि संगै बिताएको रातको मलाइ सम्झना छ ! छांद हाली अंगालेको हातको मलाइ सम्झना छ !!