‎रातको मलाइ सम्झना छ (गीत)


तिमि संगै बिताएको रातको मलाइ सम्झना छ !
छाद हाली अंगालेको हातको मलाइ सम्झना छ !!

एकोहोरो हेराहेर थ्यो मधहोशी भा'का थियौ !
कसले पहिले कुरागर्ने उत्सुक भइ रा'का थियौ !!
हजुर भन्दै बोलेको त्यो बातको मलाइ सम्झना छ !
तिमि संगै बिताएको रातको मलाइ सम्झना छ !
छांद हाली अंगालेको हातको मलाइ सम्झना छ !!

नशा थियो प्यार थियो गाजलु त्यो नजरमा !
छल्किएको बैश थियो कलिलो त्यो अधरमा !!
म प्रति त्यो तिम्रो चाहात को मलाइ सम्झना छ !
तिमि संगै बिताएको रातको मलाइ सम्झना छ !
छांद हाली अंगालेको हातको मलाइ सम्झना छ !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई