Posts

Showing posts from April, 2011

लोकतन्त्र आए पनि ! (गजल)

Image
हामीहरुले खै के पायौ लोकतन्त्र आए    पनि   !  सुखसंग खै को बाच्यो स्वोतन्त्रता छाए  पनि  !! नेता जति सबै यहाँ जाली     फटाहा चोर भए ! के गरे खै बिकाश यहा पद र कुर्शी पाए पनि !! महंगीले आकाश छोयो अभावमा  बाच्नु    पर्यो ! उपलव्धि खै त डाका तिमीलाई भोट लाए पनि !! जनतालाई अचानोमा राखी किन मार् हान्छौ ! कत्रो पेट हो नअघाउने देसै बेची खाए     पनि  !!

बिबाद (कविता)

Image
उ म संग माया माग्छे म उ संग दया माग्छु हो हाम्रो मगाइमा उ र म छौ उ दिन्छु भन्छे म दिन्न भन्छु हामीमा यहि फरक छ दिने कि नदिने उ मेरो भन्छे म उसको भन्छु त्यसैले त हामि एक अर्काको भन्छौ म जाउ भन्छु उ नजाने भन्छे म खाउ भन्छु उ नखाने भन्छे म लाउ भन्छु उ नलाउ भन्छे म जे भन्छु उ के भन्छे म फुल भन्छु उ काडा भन्छे म र उ मा भनाभन ल र नाइँ को  म हुन्छ भन्छु उ हुन्न भन्छे उसको र मेरो विवाद यहि माया को लागि म घुम्न जाउ भन्छु म मोवई खाऊ भन्छु म माया लाउ भन्छु ................................... ..................................... अहिले कुरा मिलेको छ उसको र मेरो हामी तयार छौ आतुर छौ अनि ....हामी एक अर्कामा समाहित छौ !!!!!!!!!

घुमेर आयो छुक छुक रेल (गीत)

Image
घुमेर   आयो   छुक   छुक   रेल   तिमीलाई    देखेर  पिरती लाइदिउ जस्तो झैँ लाग्छ तिमीलाई भेटेर  मनको कुरा   सुटुक्कै  दिउ  कि   तिमीलाई   लेखेर  दर्जेलिंग सहर चियाबारी राम्रो सालैको बोटले  घाइते     मलाइ   नपार   ठुली   नजरको  चोटले  यो मनमा बस खालि छ ठाउँ यो दिलमा लेखे तिम्रोनै नाउ  सम्झना भए म फेरी  आउछु    मायालुको   यो   रमाइलो ठाउ  रमाउला हामी साटेर माया गरौला घरजम यो उमेर यस्तै नपार  ठुली मनलाई दोमन तरेर आउछु त्यो मेची पुल लिएर आउछु प्रीतिको फुल नसम्झ मलाइ पराइ तिमि फर्केर    आउने   गर्छु   कबुल

अनुराग तिमी (गीत)

Image
अनुराग तिमी    संगीतको    सुलतालमा   रमाउछौ !   अविनव तिमी बिहानीको मिर्मिरे बनि उदाउछौ !! रातभरी आकाशमा तारा बनेर     हास्छौ बिहानीको फुलपातमा शीत बनेर राम्छौ कस्तो    परिधानहो तिम्रो   कस्तो   बरदानहो तिम्रो तिमी जुन बनेर हासिदिदा लाग्छौ जुनेली तिमी फुल बनेर    फुल्दा   लाग्छौ    उजेली कस्तो जादु    हो    तिम्रो   कस्तो प्यार    हो   तिम्रो अनुराग तिमी   संगीतको    सुलतालमा    रमाउछौ ! अविनव तिमी बिहानीको मिर्मिरे बनि उदाउछौ !! अनुराग तिमी    संगीतको    सुलतालमा   रमाउछौ ! अविनव तिमी बिहानीको मिर्मिरे बनि उदाउछौ !!

आजभोली किन होला ? (गीत)

Image
तिमीलाई नै    बोलाउछु  आजभोली  किन   होला ? तिम्रो यादमा टोलाउछु   आजभोली  किन  होला ? न त निन्द्रा लाग्छ अचेल न त भोक लाग्छ  माया    गर्ने   हरुलाई   किन  यस्तो रोग लाग्छ  निरस भा'छ  जीवनयो  आजभोली  किन   होला ? उराठ लाग्छ मौसम पनि आजभोली किनहोला ? साथि भाई   बीच   पनि आफु    एक्लो    हुन्छु  पागलझैँ    कहिले   हास्छु   कहिलेकाही   रुन्छु  आफ्नै बशमा छैन यो मन आजभोली किन होला ? आफै भा'छु दोमन  दोमन   आजभोली किन होला ?

आजै कुरा छिन्नु पर्छ !! (गजल)

Image
पल्ला गाउमा केटि छे रे  आजै  हेर्न  हिन्नु  पर्छ ! छिटो जाउँन जेठा मामा आजै कुरा छिन्नु पर्छ !! केटि   डिग्री  पद्छे  अ रे  यस्तो  फेरी  पाइदैन  ! चुरा धागो सिन्दुर पोते उतै  जादा  किन्नु पर्छ !! खानदानी रे उतापटी दाइजो पनि दिन्छन अ रे ! अर्कै जाला फेरी  मामा  हामीले  उछिन्नु  पर्छ !! घोर्ले  खसी  चाहिन्छ्नी  जन्ती  लाइ   खुवाउन ! अहिले देखि मरमसला ठिक्क पारी पिन्नु पर्छ !! कुल कि छोरी मूलको पानी यसै भन्छ समाजले ! कुलघरान राम्रो छ रे यस्तै लाइ त चिन्नु पर्छ  !!  

बात को कुरा फेरी पनि ? (गजल)

Image
प्रेम गर्छौ अनि किन  जात को  कुरा  फेरी  पनि   ? प्याला भर्छौ अनि किन मात को कुरा फेरी पनि   ? समाज ले कुरा काट्छ संगै हिड्न  हुन्न  भन्छौ   ! आँखा तर्छौ अनि किन हात  को कुरा  फेरी पनि   ? आफन्त र नाता गोता अझै राजी छैनन्  भन्छौ   ! प्रिती छर्छौ अनि किन घात को  कुरा फेरी  पनि   ? बिहे अगी हुन्न यस्तो  दुनियाले  थुक्छ  भन्छौ   !   म मै मर्छौ अनि किन  बात को कुरा  फेरी  पनि   ?

तिम्रो फोटो हेरी रोए ! (गीत)

Image
सम्झना ले सताइरह्यो तिम्रो फोटो हेरी  रोए ! घुक्क घुक्क सिरानीमा कोल्टे फेरी फेरी रोए !! तिमीले रुदा हास्ने  मान्छे आज रुनु परेकोछ ! माया गर्ने मान्छे  बाटै  एक्लो  हुनु  परेकोछ !! सेतो डोली गयौ तिमि त्यही कात्रो  बेरी  रोए  ! घुक्क घुक्क सिरानीमा कोल्टे फेरी फेरी रोए !! मरे पनि तिमि भन्थेउ सिन्दुर ले सजाउनु है  ! मलामी को अगी पछी पन्चे बाजा बजाउनु है !! मेरै हातले दागबत्ती तिमीलाई दिदा खेरी रोए ! घुक्क घुक्क सिरानीमा कोल्टे फेरी फेरी रोए !!

किन आको नयावर्ष ? (गजल )

Image
मेरो   उमेर  घटाउन  किन  आको  नया  वर्ष   ? केहिजोर लुगा फटाउन  किन आको नयावर्ष   ? उपलव्धि केहि छैन  हातलाग्यो  सुन्य  मात्र   ! खालि जीवन कटाउन  किन  आको  नयावर्ष  ? फुल झर्छ फेरी फुल्छ  पालुवा  त्यो   पलाउछ  ! दुखी   चोला   टटाउन  किन  आको   नयावर्ष ? भाग दौड लफडावाजी गर्दै उमेर बित्नलाग्यो  ! फेरी   पारो   तताउन  किन   आको  नयावर्ष   ? मिल्ने भए बसाइ सारी खाडी मुलुक  पठाउथे ! बित्यो भनि अत्याउन  किन आको   नयावर्ष  ? आफु बाच्छु पिडा बोकी अरु बोतल समाउछन ! बिना सित्ती  मताउन  किन  आको  नयावर्ष  ?

मेरो हात समाउन (गजल)

Image
किन   डराएको  हजुर  मेरो   हात   समाउन    !  हृदयकि   मायालुलाई    मन  भित्र  सजाउन  !! हजुर त कति सोझो यस्ती   कन्या पाउदानी  ! किन पछि पर्नु भा'को मलाइ आफ्नी बनाउन !! आउनुहोश न दुवै  मिलि  प्रेमलाभ  गर्नलाई   ! फेरी   मौका  आउदैन  मधहोशिमा  रमाउन  !! हराउनु पर्छ  हामी  यो  प्यालाको  मात  संगै  ! धेरै   कुरा  छन् मनभित्र हजुरलाई  सुनाउन !! आतुर छु   हजुरकै   थर  संग  नाम   जोडदै   ! बाधिएर न्यानो न्यानो अंगालोमा  निदाउन !!

छानी लान्छु भन्छ मोरो (गजल)

Image
मिसिएर हिडदा पनि छानी लान्छु भन्छ  मोरो  ! दोबाटोमा भेटे  भने  तानी  लान्छु  भन्छ  मोरो !! के  देखेछ  त्यस्तो  कुन्नि  मेरो  रुप  रंग  भित्र  ! नजरको गोली मलाई हानी लान्छु भन्छ  मोरो !! तिमी मेरी रानी भन्दै बाटो मेरो छेक्न  खोज्छ  ! सजाएर डोली भित्र  बानी  लान्छु  भन्छ  मोरो  !! जति गालि   गरे  पनि  मुस्काएर  टारी  दिन्छ  ! गालि लाइनै मिठोमाया ठानी लान्छु भन्छ मोरो !!