आजै कुरा छिन्नु पर्छ !! (गजल)

पल्ला गाउमा केटि छे रे  आजै  हेर्न  हिन्नु  पर्छ !
छिटो जाउँन जेठा मामा आजै कुरा छिन्नु पर्छ !!

केटि   डिग्री  पद्छे  अ रे  यस्तो  फेरी  पाइदैन  !
चुरा धागो सिन्दुर पोते उतै  जादा  किन्नु पर्छ !!

खानदानी रे उतापटी दाइजो पनि दिन्छन अ रे !
अर्कै जाला फेरी  मामा  हामीले  उछिन्नु  पर्छ !!

घोर्ले  खसी  चाहिन्छ्नी  जन्ती  लाइ   खुवाउन !
अहिले देखि मरमसला ठिक्क पारी पिन्नु पर्छ !!

कुल कि छोरी मूलको पानी यसै भन्छ समाजले !
कुलघरान राम्रो छ रे यस्तै लाइ त चिन्नु पर्छ  !!


 

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई