Posts

Showing posts from March, 2011

मिठो मधुर त्यो धुनमा

Image
म भाका बोल्छु गीतको मिठो मधुर त्यो धुनमा  ! म देख्छु  मेरी   प्रेयसी  जुनेलिको  त्यो  जुनमा !! चिहाउछ्न   मलाइ  नै  ति  आँखाले  घरि   घरि  ! यस्तो   लाग्छ   तिमिनै  बगेकीछौ  यो  खुनमा !! धड्कीएर यो  छाती  मा  डेरा  तिमि  जमाउछौ  ! त्यो प्यार म खोज्न जाउ तिमि  बाहेक  कुनमा  !! जे   जति   छ   तिमीमा  मुल्य  त्यो  अरु  कहाँ ! हिरा    मोति   जुहारत   के   पो   छ  र  सुनमा !! देउ  पिडा  मायाको  त्यो  मिठो  मिठो  कोसेली ! सम्झीएर  जुनिभर  बेग्लै   छ   मज्जा  रुनमा !! तिमी    मांग   म  संग  यो  मुटु  दिन्छु  झिकेर ! तयार छु जे गर्न नि   म  तिम्रो  आफ्नो  हुनमा !!  

कान्तिपुरको !

Image
म उठाउदैछु फेरी नि कुरा  यो  कान्तिपुरको   ! छली छली म बाचेको छुरा यो  कान्तिपुरको  !! सधै सधै छ  त्रास  यहा  बन्द  अनि  जामको  ! राज्य गर्छन सुन्दरी  सुरा  यो  कान्तिपुरको !! म   भन्न  बाध्य  छु  घुमाइ   पर्यटक   लाइ  ! सगरमाथा   फोहोरको  चुचुरा  कान्तिपुरको !! दुर्गन्धको रास  छ  चोक  गल्ली  गल्ली  मा  ! धेरै पटक  सहेकोछु  बुरा  यो   कान्तिपुरको !! नबत्ती  साँझमा  न  पानी  आउछ   धारामा  ! लाग्छ हामी जनता टुहुरा यो   कान्तिपुरको  !! सत्ता हाक्छ बिदेसी  दलाली  राजधानी  को  !  नेता जति सबै सबै  लुरा  यो   कान्तिपुरको  !! शान्ती सुत्छे रातमा अपराधि हरुको काखमा ! जिम्मा लिने कसले खै पुरा यो कान्तिपुरको  ?