मिठो मधुर त्यो धुनमा

म भाका बोल्छु गीतको मिठो मधुर त्यो धुनमा  !
म देख्छु  मेरी   प्रेयसी  जुनेलिको  त्यो  जुनमा !!

चिहाउछ्न   मलाइ  नै  ति  आँखाले  घरि   घरि  !
यस्तो   लाग्छ   तिमिनै  बगेकीछौ  यो  खुनमा !!

धड्कीएर यो  छाती  मा  डेरा  तिमि  जमाउछौ  !
त्यो प्यार म खोज्न जाउ तिमि  बाहेक  कुनमा  !!

जे   जति   छ   तिमीमा  मुल्य  त्यो  अरु  कहाँ !
हिरा    मोति   जुहारत   के   पो   छ  र  सुनमा !!

देउ  पिडा  मायाको  त्यो  मिठो  मिठो  कोसेली !
सम्झीएर  जुनिभर  बेग्लै   छ   मज्जा  रुनमा !!

तिमी    मांग   म  संग  यो  मुटु  दिन्छु  झिकेर !
तयार छु जे गर्न नि   म  तिम्रो  आफ्नो  हुनमा !! 


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई