कान्तिपुरको !
म उठाउदैछु फेरी नि कुरा यो कान्तिपुरको !
छली छली म बाचेको छुरा यो कान्तिपुरको !!
सधै सधै छ त्रास यहा बन्द अनि जामको !
राज्य गर्छन सुन्दरी सुरा यो कान्तिपुरको !!
म भन्न बाध्य छु घुमाइ पर्यटक लाइ !
सगरमाथा फोहोरको चुचुरा कान्तिपुरको !!
दुर्गन्धको रास छ चोक गल्ली गल्ली मा !
धेरै पटक सहेकोछु बुरा यो कान्तिपुरको !!
नबत्ती साँझमा न पानी आउछ धारामा !
लाग्छ हामी जनता टुहुरा यो कान्तिपुरको !!
सत्ता हाक्छ बिदेसी दलाली राजधानी को !
नेता जति सबै सबै लुरा यो कान्तिपुरको !!
शान्ती सुत्छे रातमा अपराधि हरुको काखमा !
जिम्मा लिने कसले खै पुरा यो कान्तिपुरको ?
Comments
Post a Comment