लोकतन्त्र आए पनि ! (गजल)
हामीहरुले खै के पायौ लोकतन्त्र आए पनि !
सुखसंग खै को बाच्यो स्वोतन्त्रता छाए पनि !!
नेता जति सबै यहाँ जाली फटाहा चोर भए !
के गरे खै बिकाश यहा पद र कुर्शी पाए पनि !!
महंगीले आकाश छोयो अभावमा बाच्नु पर्यो !
उपलव्धि खै त डाका तिमीलाई भोट लाए पनि !!
जनतालाई अचानोमा राखी किन मार् हान्छौ !
कत्रो पेट हो नअघाउने देसै बेची खाए पनि !!
Comments
Post a Comment