बिबाद (कविता)

उ म संग माया माग्छे
म उ संग दया माग्छु
हो हाम्रो मगाइमा उ र म छौ
उ दिन्छु भन्छे
म दिन्न भन्छु
हामीमा यहि फरक छ दिने कि नदिने
उ मेरो भन्छे
म उसको भन्छु
त्यसैले त हामि एक अर्काको भन्छौ
म जाउ भन्छु
उ नजाने भन्छे
म खाउ भन्छु
उ नखाने भन्छे
म लाउ भन्छु
उ नलाउ भन्छे
म जे भन्छु उ के भन्छे
म फुल भन्छु
उ काडा भन्छे
म र उ मा भनाभन ल र नाइँ को 
म हुन्छ भन्छु
उ हुन्न भन्छे
उसको र मेरो विवाद यहि माया को लागि
म घुम्न जाउ भन्छु
म मोवई खाऊ भन्छु
म माया लाउ भन्छु
...................................
.....................................
अहिले कुरा मिलेको छ
उसको र मेरो
हामी तयार छौ
आतुर छौ
अनि ....हामी एक अर्कामा समाहित छौ !!!!!!!!!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई