सुनथानको भुत (बाल कथा)
"सबै साथि हरु त्यो सुनथानको भुत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !" निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! "कँहा भुत हुनु सुनथानमा त्यहा त देउता पो बस्छन त बाबु ! हामी बर्षे पिच्छे त्यहा पुजा गर्न जान्छौ नि ! पोहोर त तँ पनि गएको थिइस नि बिर्सिस ?" आमाले उसलाई सम्झाउनु भयो ! निकेश पनि झोला बोकेर हतार हतार स्कुल तिर हिड्यो ! आज हरि ,मैना र कपिल पनि उसलाई छाडेर गइसकेछन ! निकेश एक्लै हतार हतार दौडिन थाल्यो ! निकेशको घरबाट स्कुल पुग्न त्यस्तै पन्ध्र मिनेट लाग्थ्यो ! घर बाट पाच मिनेट जति हिडे पछी सुनथान आउथ्यो त्यहा बाट पाच मिनेट सुनथानको जंगल हिड्नु पर्थ्यो ! निकेश सधै त्यो बाटो हुदै साथि हरु संग स्कुल जान्थ्यो तर पहिले यस्तो कुनै पनि भुत सुतको कुरा सुनेको थिएन बरु घरमा बुबा आमाले सुनथानको देउताको कथा सुनाउनु हुन्थ्यो अनि भुत भनेको त खराब काम गर्ने मान्छे हो असल काम गर्नेलाई कसैले केहि गर्न सक्दैन कोहि संग डराउनु पर्दैन भन्नु हुन्थ्यो !
त्यो दिन निकेश लाइ स्कुल जान ढिला हुन लागेको ले उ दौडदै स्कुल जान लागेको थियो सुनथान को मन्दिर निरबाट एउटा आवाज आयो !"ए फुच्चे त को होस् ? तलाई एक्लै हिड्न डर लाग्दैन ?" निकेशले दाँया बाँया हेर्यो कोहि पनि देखेन ! उ फेरी सरासर हिड्न थाल्यो ! फेरी त्यस्तै आवाज आयो अनि निकेशले कोहि नदेखेपनि निडर भएर जवाफ दियो "म किन डराउने ..म त स्कुल जान थालेको मैले कसको के बिगारिदिएकोछु र डराउने !" फेरी त्यस्तै आवाज आयो- "पक्का हो म सुनथानको भुत हुँ ..तलाई डर लाग्दैन ?" निकेशले फेरी जवाफ दियो - "सुनथानको भुत..तर आमाले भन्नु भएको सुनथानमा देउता बस्छन रे कसरी तपाइँ भुत भन्नु हुन्छ हैन मैले त पत्याइन !" फेरी उसको आवाज आयो- " ए त्यसो भा तैले पत्याइनस..ठिक छ उसो भा तँ पत्याउदैनस हैन म बाहिर आऊ कि मैले भनेको मानछस ..खुरुक्क त्यो झोला खोलेर ए बि सी डी भन अनि क ख सुना!"
उसले निकेशलाई धम्क्यायो ! निकेश पनि उसलाई निडर भएर क ख र ए बि सी डी सुनायो ! निकेशले यति यति भने पछी त्यो भुत पनि हास्दै जंगल भित्र तिर गएजस्तो सर्याक सुरुक्क आवाज आयो त्यस पछी निकेश स्कुल तिर लाग्यो ! निकेशलाई त्यो को होला भन्ने जिज्ञासा लागि रह्यो !
उ स्कुल पुग्यो त्यहा त हरि ,मैना अनि कपिल रोहिरहेका रहेछन ! उसले सोध्यो -"ए हरि ,मैना के भो किन रोएका तिमीहरु ? उनि हरुले रुदै जवाफ दिए -" हेर न निकेश आज त सुनथानको भूतले धेरै नै सतायो..हामीलाई पढ्न लगायो तर हामीले मानेनौ अनि त हामीलाई कान समातेर उठबस गर्न लगायो..भरे पनि के के गर्छु भनेको छ फेरी यो कुरा कसैलाई पनि न भन्नु भनेको छ !"
"अनि तिमीहरुले देखेउ त त्यसलाई ?"- निकेशले सोध्यो !
"अ हँ उ ठुलो ठुलो स्वरमा करायो हामी त आँखा चिम्लेर उसले भनेको गर्यौ अनि लौ अहिले जाओं भन्यो अनि हामी आँखा चिम्लेर आयौ"-उनि हरुले भने !
निकेशको मन भरी कुरा खेल्न थाल्यो आखिर को होला त त्यो ! स्कुल बिदा भए पछी सबै संगै फर्किए तर अहिले भने त्यो थिएन ! सबै साथीहरु घर गए तर त्यो कुरा घरमा कसैलाई नभन्ने है भन्ने सल्लाह गरेकाथिए उनीहरुले !
निकेश संगै उसका साथी स्कुल गएको बेला भने त्यो भुत ले सोधेको प्रश्न को जवाफ निकेशले दिन्थ्यो तर निकेश नभएको बेला भने अरु साथीलाई बिभिन्न प्रश्न सोध्ने अनि उतर सहि नभए सताउने गर्थ्यो ! तर पनि उनीहरुले घरमा अझै पनि त्यो कुरा बताएका थिएनन् ! सधै साथी हरुलाई भूतले दुख दिएको कुरा सुनेर निकेश लाइ आश्चर्य लाग्यो अनि निकेशले त्यो नदेखिने भूतलाई भेटेर कुरा गर्नु पर्यो भनेर साथीहरुलाई सुनायो ! पहिले त साथी हरु मानेनन् पछी निकेशले सम्झाएपछी सबैले माने ! त्यसपछी उनीहरु सबै मिलेर त्यो भूतलाई भेट्ने निधो गरे ! त्यस दिन उनीहरु चारैजना साथी मिलेर सधै झैँ स्कुल हिडे ! सुनथानको जंगलमा पुगेपछि त्यो भुत ले फेरी सधै झैँ उनीहरुलाई तर्साउन थाल्यो अनि अनि त्यो दिन निकेशले भन्यो - "ए भुत तपाइँ को हो कस्तो भुत हो किन हामीलाई तर्साउनु हुन्छ ? किन हामीलाई सताउनु हुन्छ ? हामी त साना छौ पढ्ने विधार्थी हौ हेर्नुहोस तपाइले यसरी सधै दुख दिनु भो भने त हाम्रो पढाइ बिग्रिन्छ बरु तपाई लाइ केहि चाहिएको भए हामीलाई भन्नुस हामी सहयोग गर्छौ ? हाम्रो कुरा सुनेर त्यो भुत फेरी हास्यो -" हा हा हा ..यी फुच्चा फुच्चीले मलाइ सहयोग गर्ने रे ! हैन तिमीहरुले के गर्न सक्छौ मलाइ हँ !हेर तिमीहरुलाई यसरी सताउन पाउदा मलाइ कति आनन्द आउछ! म त तिमीहरुलाई यसरीनै सताई रहन्छु हा हा हा !"
तर त्यस दिन उनीहरुले त्यो भूतलाई जसरि पनि भेट्ने निधो गरेका थिए ! " ए भुत आज हामी तपाइले भनेको केहिकुरा पनि मान्दैनौ ..तपाई कस्तो भुत हो हामी हेर्न चाहान्छौ !" उनि हरुले यति भन्न साथ् त्यहा एउटा भुत देखापर्यो !लामा लामा कपाल भएको हातमा नंग्रा अनि हेर्दै डरलाग्दो थियो त्यो ! सबै साथी हरु डराएर कहालिन थालेका थिए तर निकेशले भने सबै साथीलाई नडराउन भन्यो -"हेर साथी हो उहा त्यस्तो डरलाग्दो भुत हो जस्तो छैन म कुरा गर्छु उहा संग !"
निकेशले भुत को नजिक गएर भन्यो- "ए भुत अंकल तपाइँ लाइ भेटेर त हामीलाई झन् खुसिपो लाग्यो तपाइँ तँ त्यसै भुत हुनु भएको जस्तो लागेंन भन्नुस न किन भुत हुनुभएको भन्नुस न !"
वास्तबमा नै भुत लाइ नरमाइलो लाग्यो तै पनि उसले डरलाग्दो स्वर निकाल्दै बोल्यो-"किन र सबै जना भुत भने पछी डराउछन तिमि चाहि किन नडराउनेनी..म भुत हुँ भुत मलाइ त्यस्तो केहि भाको छैन म सबैलाई डराउन भुत भएको हुँ अझ तिमीहरु जस्ता केटाकेटीलाई त झन् डराउन मनपर्छ ल अब म प्रश्न सोध्छु चाडो चाडो उतर देउ ...हा हा हा !!"
यो सुनेर सबै साथी हरु डराए तर निकेशलाई अलिकति पनि डर लागेन उसले फेरी भन्यो -"हैन भुत अंकल आज त हामी तपाइले भनेको मान्दै मान्दैनौ भन्नुस न तपाई को हो ? कस्तो भुत हो ? तपाई को जीवनमा शुरुमा त सुनथानको भुत ले तर्साउन मात्रै खोज्यो तर निकेश र उसका साथि हरुले निक्कै ढिपी गरे पछी भूतको केहि पनि लागेन उ आफ्नो बारेमा बताउन बाध्य भयो!
भूतका आँखा रसाए उ केटाकेटीले नदेख्ने गरि सुक्क सुक्क रोयो अनि बोल्यो -"हेर बाबु म खास यो सुनथान को हैन ! हामी पहिले पहाड को एउटा गाउँमा बस्थेउ !हाम्रो घरमा मेरी श्रीमति र एउटी छोरी थिइन ! हामी गरिव परिवारका भएपनि सुख दुख गरेर जिविका चलाएका थियौ ! मेरी छोरी को नाम सानुमाया थियो उनि पढ्न खुब मन गर्थिन ! उनलाई मैले गाउँको स्कुलमा पढ्न नाम लेखिदिएको थिए ! उनि त्यसबेला तिन कक्षामा पढ़थिन ! उनको पढाइ देखेर सबै सर मिस हरु सारै खुसि हुनुहन्थ्यो !"
केटाकेटी हरु उसको कुरासुनेर निकै उत्साही भए अनि निकेश ले फेरी सोध्यो -" अनि के भो त भुत अंकल ? खै त तपाइको छोरी र श्रीमती ?"
भुत का आँखा आँशुले भरिएर आए -" हाम्रो सारै खुशीको परिवार भित्र एकदिन ग्रहण लाग्यो बाबु हो! यस्तो ग्रहणकि जुन कहिलै नदेखिने गरि लाग्यो ! बर्षाको बेला थियो गाउँमा पानि परिरहेको थियो ! हाम्रो घर पहाडमा भएकोले बर्षाको बेलामा हिडडुल गर्न पनि गाह्रो हुन्थ्यो ! लगभग एक हप्ता निरन्तर पानी परेको थियो ! हामी त्यो साँझ खाना खाएर सुतेका थियौ राति एक्कासी पहिरो को आवाज आयो हामी हतार हतार घरबाट निस्कन खोज्यौ तर हाम्रो घर पुरै पहिरोमा पुरियो अनि हामी सबै एकै चिहान भयौ !"
भूतका कुरा सुनेर निकेश र उसका साथि हरुले धेरै दुख माने ! तर निकेशलाइ एउटा कुरा फेरी भुत लाइ सोध्न मन लाग्यो -" भुत अंकल तपाइको घर परिवारमा सारै दुख लाग्दो घटना घटेको रहेछ ..हामीलाई पनि नरमाइलो लाग्यो यस्तो त कसैको घरमा पनि नहोस तर तपाइले हामीलाई किन यो बारम्बार दुख दिनु भएको ! जहिलेपनि पढ्न लगाउनु हुन्छ प्रश्न सोध्नु हुन्छ ..अनि आखिर त्यो पहिरो हामीले ल्याइदिएको त हैन नि पक्कै पनि केहि भएको हुनुपर्छ भन्नुस न प्लिज?”
शुरुमा त सुनथानको भुत ले तर्साउन मात्रै खोज्यो तर निकेश र उसका साथि हरुले निक्कै ढिपी गरे पछी भूतको केहि पनि लागेन उ आफ्नो बारेमा बताउन बाध्य भयो!
भूतका आँखा रसाए उ केटाकेटीले नदेख्ने गरि सुक्क सुक्क रोयो अनि बोल्यो -"हेर बाबु म खास यो सुनथान को हैन ! हामी पहिले पहाड को एउटा गाउँमा बस्थेउ !हाम्रो घरमा मेरी श्रीमति र एउटी छोरी थिइन ! हामी गरिव परिवारका भएपनि सुख दुख गरेर जिविका चलाएका थियौ ! मेरी छोरी को नाम सानुमाया थियो उनि पढ्न खुब मन गर्थिन ! उनलाई मैले गाउँको स्कुलमा पढ्न नाम लेखिदिएको थिए ! उनि त्यसबेला तिन कक्षामा पढ़थिन ! उनको पढाइ देखेर सबै सर मिस हरु सारै खुसि हुनुहन्थ्यो !"
केटाकेटी हरु उसको कुरासुनेर निकै उत्साही भए अनि निकेश ले फेरी सोध्यो -" अनि के भो त भुत अंकल ? खै त तपाइको छोरी र श्रीमती ?"
भुत का आँखा आँशुले भरिएर आए -" हाम्रो सारै खुशीको परिवार भित्र एकदिन ग्रहण लाग्यो बाबु हो! यस्तो ग्रहणकि जुन कहिलै पनि उज्यालो नदेखिने गरि लाग्यो ! बर्षाको बेला थियो गाउँमा पानि परिरहन्थ्यो ! हाम्रो घर पहाडमा भएकोले बर्षाको बेलामा हिडडुल गर्न पनि गाह्रो हुन्थ्यो ! लगभग एक हप्ता निरन्तर पानी परेको थियो ! हामी त्यो साँझ खाना खाएर सुतेका थियौ राति एक्कासी पहिरो को आवाज आयो हामी हतार हतार घरबाट निस्कन खोज्यौ तर हाम्रो घर पुरै पहिरोमा पुरियो अनि हामी सबै एकै चिहान भयौ ! त्यस पछी मेरी छोरी र श्रीमतीको मृत शरीर लाइ त गाउलेले भेटेर नजिकको खोलामा लगेर काजक्रिया गरिदिए त्यस पछी उनि हरु स्वोर्गमा भगवानको घर गए तर म भने पहिरोले पुरिएकोले कसैले पनि निकाल्न सकेनन त्यस पछी मेरो मन भड्कियो र म भुत भए ! अनि त कोहि सानो बच्चा देखे भने आफ्नै छोरी सम्झेर नजिक जान्थे तर मलाइ देख्न साथ ति साना साना नानि हरु भुत भनेर भाग्ने गर्नथाले ! मैले आफ्नो रुपको कारण ले गर्दा कोहीपनि बालबालिका लाइ माया गर्न पाइन् त्यस पछी म नदखिने भुत भएर हिड्न थालेको हु मेरो कसैलाई पनि दुख दिने नियति हैन बाबुनानी हो !"
भूतका कुरा सुनेर निकेश र उसका साथि हरुले धेरै दुख माने ! तर निकेशलाइ एउटा कुरा फेरी भुत लाइ सोध्न मन लाग्यो -" भुत अंकल तपाइको घर परिवारमा सारै दुख लाग्दो घटना घटेको रहेछ ..हामीलाई पनि नरमाइलो लाग्यो यस्तो त कसैको घरमा पनि नहोस तर तपाइले हामीलाई किन यसरी बारम्बार दुख दिनु भएको ! जहिलेपनि पढ्न लगाउनु हुन्छ प्रश्न सोध्नु हुन्छ अनि पढ्न आएन र उतर मिलेन भने उठबस गर्ने र मुर्गा बन्ने सजाय दिनु हुन्छ ? आखिर त्यो पहिरो हामीले ल्याइदिएको त हैन नि !"
उनीहरुको कुराले भूतलाई दुखित बनायो ! भूतले पनि मन खिन्न बनाउदै भन्यो -"हो बाबुनानी हो यसमा तिमीहरुको केहिपनि दोष छैन ! मैले तिमीहरुलाई दुख दिएको पनि हैन ! मैले त तिमि हरु लाइ मेरी आफ्नै छोरी जस्तो लागेर पढ्ने कुरामा मन लगाउनु पर्छ भनेर बुझाउन मात्र मैले यसो गरेको हो ! अनि पढ्न अल्छी गर्ने लाइ सानो सजाय दिएको हुँ ! मलाइ त तिमीहरु मेरै छोरी जस्तै लाग्छौ त्यहि भएर मैले तिमीहरुलाई राम्रो पढ्ने प्रेरणा दिनकालागि मैले यसो गरेको हो ! यदि म बाट गल्ति भएको भए मलाइ माफ गर !"
भुत अंकलको कुरा सुनेर निकेश र उसका साथी हरुले पनि नरमाइलो माने ! निकेशले फेरी भुत अंकललाइ भन्यो -" अनि भुत अंकल तपाइले भनेको कुरा त ठिक हो यदि कोहि हामीजस्ता साथी हरु पढ्न मन गर्दैनन् भने उनि हरुलाई पढ्न का लागि यसो गर्नु त ठिकै हो तर सबैलाई यसै भन्दै हिड्नु हुन्छ त ? फेरी हामी जस्ता बालबालिका त भुत भने पछी डराउछन नि झन् उनि हरु त तपाईलाई देखेर अनि तपाइको बोलि सुनेर बिरामी होलान अनि के गर्नु हुन्छ नि ?"
निकेशको कुरा सुनेर भुत अंकल लाइ साँच्चै दुख लाग्यो अनि फेरी भुत अंकलले भने -" ए हो त नि मैले त यस्तो कुरामा त ख्याल नै नगरेको म त डरलाग्दो छु मलाइ देखेर त ठुलै मान्छे पनि डराउछन झन् तिमीहरु जस्तो केटाकेटी त मेरो नाम ले मात्रै पनि डराउछन ! ठिक छ उसो भए म तिमीहरु संग एउटा कुरा भन्छु यदि तिमि हरुले मान्छौ भने म अब देखि कहिलै पनि कसैलाई सताउने काम गर्दिन !"
भुत अंकल को कुरा सुनेर सबै साथीहरुले हुन्छ भने ! त्यस पछी भुत अंकल ले भने -"ल बाबुनानी हो अब देखि तिमीहरुले मन लगाएर पढ्नु पर्छ ! अनि अरु पढ्न मन नगर्ने लाइ पनि पढ्न लगाउनु पर्छ नि हुन्छ ? अनि समाजमा पढाइको महत्व पनि बुझाउनु पर्छ ..यदि तिमीहरुले यसो गर्ने कुरामा मलाइ बाचा गरेउ भने म तिमीहरुलाई कहिले पनि दुख दिन्न ! अनि सबैलाई भुत हुन्छ यसले तर्साउछ खान्छ भनेर डर पनि देखाउनु हुदैन नि मन्जुर ?"
भुत अंकलको कुरामा सबैले सबैलाई मन पर्यो तर निकेशलाई भने अझै चित्त बुझेको थिएन त्यहि भएर उ केहिपनि नबोली बस्यो ! भुत अंकलले यो कुरा थाहा पाए अनि निकेशलाई सोधे -"किन र निकेश तिमीलाई मेरो कुरा मन परेन र ?" भुत अंकलको कुरा सुनेर निकेश ले भन्यो -"मलाइ तपाइको कुरा त मन पर्यो तर तपाइँ त भुत हो नि के थाहा भोलि फेरी अर्को गाउँमा गएर अरुलाई पनि दुख दिनुहोला! भूतको कुरा कसरी पत्याउने ? अहिले हाम्रो अगाडी चाहि कसैलाई केहि गर्दिन भन्ने अनि भोलि अरु तिर गएर अरुलाई फेरी तर्साउने र दुख दिने गर्न थाल्नु भयो भने के गर्ने नि ? यदि तपाइँ अब कहिलै पनि नआउने हो भने यो सुनथानको देउताको मुर्ति छोएर बाचा गर्नुहोस !"
निकेशको कुरा सुनेर भुत अंकल झन् खुसि भए अनि सबैलाई धन्यवाद दिदै भने -"तिमि हरु धेरै बुद्धिमान रहेछौ अझ निकेश लाइ त झन् धेरै धन्यवाद छ ! बालबालिका भनेका त देउताका रुप हुन अझ तिमीहरुले मलाइ यो सुनथानको कसम खान भन्यौ तर यतिले मात्र म मुक्त हुन्न तिमीहरुले मेरो नाममा सुनथान को देउता संग प्राथना पनि गर्नु पर्छ !यदि तिमीहरुले मेरो नाममा पुजा गर्यौ भने म पनि स्वर्ग गएर मेरा छोरी र श्रीमतीलाई भेट्न पाउछु ! अनि त राम्रो काम गर्ने ज्ञानी मान्छेलाई भुत हैन देउता भएर माया गर्छु आशिर्वाद दिन्छु !" भुत अंकलको कुरा सुनेर सबै खुसि भएर फुल चढाएर भुत अंकलको नाममा पुजा र प्राथना गर्न थाले ! केहि बेरमा नै भुत अंकल त्यहा बाट सदा सदाका लागि मुक्त भएर उड्दै स्वर्गलोक भगवानको घरमा गए ! त्यसपछि त्यहा कुनै पनि भुत कहिले पनि कसैलाई सताउन आएन !निकेश र उसका साथी हरु पनि खुसि भएर सबै राम्ररी पढ्न थाले ! गाउँ गाउँमा पनि पढ्ने कुरामा सबैलाई चेतना दिन थाले ! यो कुरा गाउँ शहर अनि देश भरि फैलियो साना साना नानीहरु यो कुरा सुनेर मन लाएर पढ्न थाले ! निकेश र उसका साथीहरुको चर्चा आजभोली पनि सबै तिर हुन्छ यो सुनेर उनीहरु ज्यादै खुशी हुन्छन !!
नवराज पोखरेल "पाखेली"
२०६५ भाद्र १३
Comments
Post a Comment