छानी लान्छु भन्छ मोरो (गजल)

मिसिएर हिडदा पनि छानी लान्छु भन्छ  मोरो  !
दोबाटोमा भेटे  भने  तानी  लान्छु  भन्छ  मोरो !!
के  देखेछ  त्यस्तो  कुन्नि  मेरो  रुप  रंग  भित्र  !
नजरको गोली मलाई हानी लान्छु भन्छ  मोरो !!
तिमी मेरी रानी भन्दै बाटो मेरो छेक्न  खोज्छ  !
सजाएर डोली भित्र  बानी  लान्छु  भन्छ  मोरो  !!

जति गालि   गरे  पनि  मुस्काएर  टारी  दिन्छ  !
गालि लाइनै मिठोमाया ठानी लान्छु भन्छ मोरो !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई