आजभोली किन होला ? (गीत)

तिमीलाई नै    बोलाउछु  आजभोली  किन   होला ?
तिम्रो यादमा टोलाउछु   आजभोली  किन  होला ?

न त निन्द्रा लाग्छ अचेल न त भोक लाग्छ 
माया    गर्ने   हरुलाई   किन  यस्तो रोग लाग्छ 
निरस भा'छ  जीवनयो  आजभोली  किन   होला ?
उराठ लाग्छ मौसम पनि आजभोली किनहोला ?
साथि भाई   बीच   पनि आफु    एक्लो    हुन्छु 
पागलझैँ    कहिले   हास्छु   कहिलेकाही   रुन्छु 
आफ्नै बशमा छैन यो मन आजभोली किन होला ?
आफै भा'छु दोमन  दोमन   आजभोली किन होला ?

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई