तिम्रो फोटो हेरी रोए ! (गीत)

सम्झना ले सताइरह्यो तिम्रो फोटो हेरी  रोए !
घुक्क घुक्क सिरानीमा कोल्टे फेरी फेरी रोए !!


तिमीले रुदा हास्ने  मान्छे आज रुनु परेकोछ !
माया गर्ने मान्छे  बाटै  एक्लो  हुनु  परेकोछ !!
सेतो डोली गयौ तिमि त्यही कात्रो  बेरी  रोए  !
घुक्क घुक्क सिरानीमा कोल्टे फेरी फेरी रोए !!


मरे पनि तिमि भन्थेउ सिन्दुर ले सजाउनु है  !
मलामी को अगी पछी पन्चे बाजा बजाउनु है !!
मेरै हातले दागबत्ती तिमीलाई दिदा खेरी रोए !
घुक्क घुक्क सिरानीमा कोल्टे फेरी फेरी रोए !!





Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई