घुमेर आयो छुक छुक रेल (गीत)

घुमेर   आयो   छुक   छुक   रेल   तिमीलाई    देखेर 
पिरती लाइदिउ जस्तो झैँ लाग्छ तिमीलाई भेटेर 
मनको कुरा   सुटुक्कै  दिउ  कि   तिमीलाई   लेखेर 

दर्जेलिंग सहर चियाबारी राम्रो सालैको बोटले 
घाइते     मलाइ   नपार   ठुली   नजरको  चोटले 
यो मनमा बस खालि छ ठाउँ यो दिलमा लेखे तिम्रोनै नाउ 
सम्झना भए म फेरी  आउछु    मायालुको   यो   रमाइलो ठाउ 


रमाउला हामी साटेर माया गरौला घरजम
यो उमेर यस्तै नपार  ठुली मनलाई दोमन
तरेर आउछु त्यो मेची पुल लिएर आउछु प्रीतिको फुल
नसम्झ मलाइ पराइ तिमि फर्केर    आउने   गर्छु   कबुल



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई