किन आको नयावर्ष ? (गजल )

मेरो   उमेर  घटाउन  किन  आको  नया  वर्ष   ?
केहिजोर लुगा फटाउन  किन आको नयावर्ष   ?

उपलव्धि केहि छैन  हातलाग्यो  सुन्य  मात्र   !
खालि जीवन कटाउन  किन  आको  नयावर्ष  ?

फुल झर्छ फेरी फुल्छ  पालुवा  त्यो   पलाउछ  !
दुखी   चोला   टटाउन  किन  आको   नयावर्ष ?

भाग दौड लफडावाजी गर्दै उमेर बित्नलाग्यो  !
फेरी   पारो   तताउन  किन   आको  नयावर्ष   ?

मिल्ने भए बसाइ सारी खाडी मुलुक  पठाउथे !
बित्यो भनि अत्याउन  किन आको   नयावर्ष  ?

आफु बाच्छु पिडा बोकी अरु बोतल समाउछन !
बिना सित्ती  मताउन  किन  आको  नयावर्ष  ?


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई