बात को कुरा फेरी पनि ? (गजल)

प्रेम गर्छौ अनि किन  जात को  कुरा  फेरी  पनि   ?
प्याला भर्छौ अनि किन मात को कुरा फेरी पनि   ?


समाज ले कुरा काट्छ संगै हिड्न  हुन्न  भन्छौ   !
आँखा तर्छौ अनि किन हात  को कुरा  फेरी पनि   ?

आफन्त र नाता गोता अझै राजी छैनन्  भन्छौ   !
प्रिती छर्छौ अनि किन घात को  कुरा फेरी  पनि   ?

बिहे अगी हुन्न यस्तो  दुनियाले  थुक्छ  भन्छौ   ! 
म मै मर्छौ अनि किन  बात को कुरा  फेरी  पनि   ?


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई