मेरो हात समाउन (गजल)

किन   डराएको  हजुर  मेरो   हात   समाउन    ! 
हृदयकि   मायालुलाई    मन  भित्र  सजाउन  !!


हजुर त कति सोझो यस्ती   कन्या पाउदानी  !
किन पछि पर्नु भा'को मलाइ आफ्नी बनाउन !!

आउनुहोश न दुवै  मिलि  प्रेमलाभ  गर्नलाई   !
फेरी   मौका  आउदैन  मधहोशिमा  रमाउन  !!

हराउनु पर्छ  हामी  यो  प्यालाको  मात  संगै  !
धेरै   कुरा  छन् मनभित्र हजुरलाई  सुनाउन !!

आतुर छु   हजुरकै   थर  संग  नाम   जोडदै   !
बाधिएर न्यानो न्यानो अंगालोमा  निदाउन !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई