टल्किएको माया


नवराज पोखरेल "पाखेली"
(२० डिसेम्बर २०११)
....................................
सेतो सुन्दर हिउ जस्तै टल्किएको माया !
सुटुक्क त्यो झिल्केसंग पल्किएको माया !!

कोरी बाटी चट्ट गोरी आँखा भरि गाजल !
देखे फेरी उसलाई उतै ढल्किएको माया !!

हातमा चुरा मुखमा छुरा अचम्म र उल्का !
लौन कस्तो उम्लिएर छल्किएको माया !!

लगनगाँठो जोडेपछि झनै रहरलाग्दो !
आजभोलि झल झल झल्किएको माया !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई