गीत

तल पर्यो सिदुवा  खोला माथि   कुर्लिन  बन !  
संगलो पानी जस्तै रैछ साईंली तिम्रो मन !!

चौबंदीमा   सजीएकी    गुराशगाले    मोरी !
मेरो माया मन मुटु लागेउ तिमीले चोरी !!
सुसेली र   बयेली ले   दियौ   आफ्नो   पन !
संगलो पानी जस्तै रैछ साईंली तिम्रो मन !!

लाली रूप चंचल योवन मंद   मिठो   बोली !
किन तिमी आफ्नै लाग्छ मलाई आजभोली!!
माया नै हो सारसंसार पिरती हो   धन !
संगलो पानी जस्तै रैछ साईंली तिम्रो मन !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई