काली प्रसाद(कबिता)

आज बिहानै मैले  
एउता कबिता पढ़े 
लेखिएको थियो म कालीको प्रसाद बन्न सकिन
मात्र काली प्रसाद बने 
मलाई लाग्यो म पनि नया राज (नव राज्य) बन्न सकिन 
मात्र नवराज बने !!
हुन त उनले भीरमा र पिरमा फुल्ने गीत लेखे 
बिहान उठने बित्तिकै हिमाल हेर्ने कुरा गरे
तर पनि उनलाई  एउटा कुराले पिरोली रह्यो 
आफु निखुर कालो बोको बनेर काली को प्रसाद बन्न नपाएकोमा !!
जब उनी ले त आफु आभाव र अपूर्णता मा बाचेको लेख्छ्न भने 
म खै के लेखु 
जब की म मा म नै छैन भने 
म मात्र एउटा सानो लेखक 
जसले लेख्न सिक्दैछ 
बुझ्न खोज्दैछ 
तसैले लाग्छ काली प्रसाद तिमी 
किन कालो बोको बन्नू पर्यो र 
तिमीलाई त सबैले काली को मंदिर मा हैन
मनको मंदिर मा सजाएकाछन !!!
तिमी त महान छौ
म मात्र एउटा तिम्रो राम्रो फ्यान हु 
पाठक हु.....श्रोता हु 
तर पनि म प्रयास गर्दै छु 
नव राज्य बन्न नवराज बाट !!!!

































Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई