गजल

ऐना सरी जिन्दगी यो फूटनु सम्म फुट्यो हेर ! 
टुक्रीएर   दिल मेरो   टूटनु  सम्म  टूटयो  हेर !!

नखाएको बिष पनि लाग्यो मलाई    दोसी भए!
तिम्रै कारण समाजले बाधी मलाई कुट्यो हेर !!

नभएको कुरा लाएउ घाउ   माथि   नून   थपेउ !
समयको असिना ले   मलाई   नै   चुट्यो   हेर !!


सबको सामू    मेरो   शिर   झुकाउनु   पर्नेभयो !
चोखो निश्चल प्रीत पनि छीनभरमा छुट्यो हेर !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई