गजल

जीवन मेरो आजभोली एकादेश को किस्सा  भयो ! 
सरिर मात्र सालिक झैँ बाँकि उनकै हिस्सा भयो !!


थाहा छैन छाती भित्र ढुक ढुकी नि छ कि  छैन !
छुयो कि त फुटी जाने जीवन मेरो सिसा भयो !!


बाहिर देख्दा हाई हाई भित्र  भित्रै        जलीसके !
दुनिया को नजरमा बदनामी को खिस्सा   भयो !!


योवन ले आदि बैस बाँकि नै   छ  भने        पनि !
उमेर ले जिस्क्यायर भन्छ    जीजीबीषा    भयो !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई