हाम्रो देश जेल भयो

राजनिती हिजो आज कुर्सि पाउने   खेल    भयो !
संबिधानसभा माथि सारै    ठुलो      झेल    भयो !!


लुछा चुडी बढी रयों      आमा   माथि   घात गरी !
हाम्रो देश त पुजामा बाढी   खाने    सेल     भयो !!


चक्का जाम बन्द अनि   हड्ताल ले      पिरोलेर !
आजभोलि हाम्रो देशको नियम कानुन फेल भयो !!


सुरक्षा को मतलब छैन   रगतको    खोलो   बग्छ !
निमुखा यी जनतालाई हाम्रो    देश    जेल भयो !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई