ग़ज़ल

पुर्णिमा मा जुनेली को जुन राम्रो       हुन्छ अ'रे ! 
मन मा बज्ने बासुरी को धुन राम्रो हुन्छ अ'रे !!


तर मेरी उनि भने अलिक फरक     कुरा गर्छिन !
जुन भन्दा शरीर को खुन राम्रो         हुन्छ अ'रे !!


सबै को मन जित्ने      असल       काम गर्यो भने !
जीवन भर अरु ले गाउने गुन राम्रो हुन्छ अ'रे !!


तर आज भोलि मित्र जमानानै        बद्लिसक्यो !
धुन खुन धुन भन्दा सुन राम्रो      हुन्छ      अ'रे !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई