गजल

जीवन त फूलै   फूलको माला जस्तो  हुनु  पर्छ !
अजर अमर अमृत को प्याला जस्तो हुनु पर्छ !!


मनमा फुल्न सक्नु   पर्छ   सयपत्री   गोदावरी !!
जगमगाउने सुन चाँदी को बाला जस्तो हुनुपर्छ !


दिलमा उन्न सक्नु पर्छ भित्री धारको पाइन ले !
संगीन अनी तरवार र भाला  जस्तो  हुनुपर्छ  !!


मनको थानमा बल्नु पर्छ पिरती को दियालोभै !
मैंन जस्तो हैन जीवन  पाला  जस्तो  हुनुपर्छ !!


थुन्न सक्नु पर्छ दिलमा मनपरेको मान्छेलाई !
फूटने बाध हैन यो त ताला   जस्तो   हुनुपर्छ !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई